१२ श्रावण २०८१, शनिबार
जनतामाझ सहि बिचारको प्रवाह गर्नुपर्छ : शर्मा


कोहलपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दामा शर्माले संचार क्षेत्रले परिवर्तनको पक्षमा वकालत गर्नुपर्ने बताएकी छन । बिहिवारबार कोहलपुरमा आयोजित प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको प्रथम वार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले संचारकर्मीहरुले परिवर्तनको पक्षमा लेख्न र बोल्न डराउन नहुने बताएकी हुन ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै शर्माले सही बिचार र सही दृष्टिकोणबाट जन्मिएको प्रेस सेन्टर नेपालले जनतामाझ सहि बिचारको प्रवाह गर्नुपर्ने बताईन । सम्बोधनकै क्रममा केन्द्रीय सदस्य शर्माले जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु प्रेस सेन्टर नेपालको प्रमुख दायित्व रहेको उल्लेख गरीन । उनले देसमा भएको भ्रष्ट्राचार र अनियमिताको खबरदारी गर्दै मिशन पत्रकारीताका माध्यमबाट जनतालाई सुसुचित गर्नुपर्नेमा जोड दिएकी थिईन ।

उनले वर्तमान सरकारले गरेका राम्रा कामको बारेमा जनस्तरसम्म सुचना प्रावह गर्ने काम संचारमाध्यमको भएको उल्लेख गर्दै त्यसको नेतृत्व प्रेस सेन्टर नेपालले गर्नुपर्ने बताईन । पार्टीले संचालन गरेको विशेष अभियान अन्तर्गत कोहलपुर नगरपालिका अभियान संयोजकका रुपमा कोहलपुर आएकी शर्माले प्रविधिको उच्चतम प्रयोगमार्फत पत्रकारीताको नयाँ अध्याय सुरु गर्नुपर्ने समय आएको बताईन ।

प्रेस सेन्टर नेपाल कोहलपुर शाखाका अध्य्यक्ष पुष्पराज हमालको अध्य्यक्षतामा भएको उक्त कार्यक्रममा संगठन निर्माणमा योगदान पुर्याउने संगठनका केन्द्रीय सचिव सहित दर्जन बढि संचारकर्मीलाई सम्मानित गरिएको थियो । त्यसैगरी स्वर्गीय दिप बहादुर स्मृति पत्रकारिता पुरस्कार २०८० बाट सामुदायिक रेडियो प्रतिबोध एफएममा कार्यरत अनिता बिश्वकर्मालाई नगद सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, केन्द्रीय नीति तथा परामर्ष समितिका सदस्य सुशिल लामिछाने, केन्द्रीय सदस्य शिव सुनार, डा. डक्ट प्रसाद धिताल, जिल्ला अध्यक्ष राजेश आचार्य,नेपाल पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, प्रेस सेन्टर लुम्बिनी प्रदेश सचिवद्धवय आलम खा, गजेन्द्र गुरुङ, प्रेस चौतारी बाँके उपाध्यक्ष बिनोद भट्टराई, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य कुशल दर्लामी, कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डी प्रसाद गैरे, कोहलपुर वडा नं। ९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी, कोहलपुर वडा नं। ११ का वडाध्यक्ष कल्पना अधिकारी, माओवादी केन्द्र प्रदेश समिति सदस्य अवराज खड्का, पार्टी जिल्ला संयोजक नरेन्द्र पाण्डे ९जेम्स० लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Nabintech