१७ बैशाख २०८१, सोमबार
आँखा पाक्ने रोग राप्ती सोनारीमा विक्राल बन्दै, औषधी छैन, विरामी समस्यामा


बैजापुर (बाके) / राप्ती सोनारीमा आँखा पाक्ने रोग विक्राल बन्दै गए संगै औषधी अभाव देखिएको छ । पालिका भरिका अस्पताल स्वास्थ्य चौकीहरूमा दैनिक विरामी भरि भराउ भएपनि औषधी भने अभाव छ । अस्पताल तथा स्वास्थ्य चौकीमा आँखामा हाल्ने आई ड्प छैनs । जस्का कारण विरामी त्यसै घर फर्किन बाध्य छन । दैनिक अस्पताल स्वास्थ्य चौकीमा ५० बढि विरामी आउँछन् तर पालिकाले माग गरेपछि ५० वटा मात्रै आँखामा हाल्ने औषधी उपलब्ध गराउने गरेको छ ।
पालिकाकै एक मात्र राप्ती सोनारी अस्पतालमा दैनिक संयौ आँखाका विरामी आउने गर्छन तर दुर्भाग्य आँखामा हाल्ने औषधी छैन । राप्ती सोनारी अस्पतालका प्रमुख डाक्टर राम साहले गत २१ गते देखि ३० गते सम्मा २७३ जना विरामी आएको बताए । औषधी अभावमा उपचार गर्न केहि समस्या पैदा भएको उल्लेख गरे । वडा न. ३ आधारभुत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणी गुरौ थारूले गत १८ गते देखि ३० गते सम्म २ सय ९१ जना आँखा पाक्ने रोगका विरामी आएको बताउँदै औषधी अभावले सबैलाई आँखामा हाल्ने औषधी दिन नसकेको उल्लेख गरे ।

विनौना स्वास्थ्य चौकीका इन्चार्ज संदिप चौधरीले गत २१ गते देखि ३० गते सम्म १ सय ५८ जना विरामी आएको बताए । उनले औषधी अभावका कारण विरामीलाई अर्कोदिन बोलाएर औषधी दिएर पठाउने बाध्यता रहेको सुनाए । मंगलबार आँखामा हाल्ने औषधी १ पिस मात्रै भएको र पालिकालाई आग्रह गर्दा सकिएको जानकारी आएको उनले प्रतिकृया दिए । यस विषयमा पालिकाले भने जिल्लामै औषधी अभाव रहेको प्रतिकृया दिएको छ ।

पालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र के.सीले जिल्लामै औषधी अभावका कारण स्वास्थ्य चौकीमा पठाउन नसकिएको जनाए । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले माग गरेको आधारमा स्वास्थ्य चौकी र अस्पतालमा औषधी पठाउने गरेको दावी गरे । बजारमा उक्त औषधी अभाव भएको कारण केहि समस्या भएपनि मंगलबार मात्रै सबै ठाउँमा औषधी पठाएको पालिका अध्यक्ष पौडेलले जनाए । उनले ५ सय पिस आँखामा हाल्ने औषधीको अर्डर भइसकेको जनाउँदै सवै स्वास्थ्य संस्थाहरूमा अनुगमन पनि गरिने उल्लेख गरे ।
आँखा पाक्ने समस्या इन्टेरोभाइरसका कारण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा इन्टेरोभाइरस भएको पुष्टि भएको हो । गत २२ साउनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरल कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिहरूबाट नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उक्त नमुनाहरूलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर प्रविधिबाट परीक्षण गर्दा ८० प्रतिशत नमुनाहरूमा इन्टेरोभाइरस देखिएको हो । नेपालमा फैलिरहेको आखा पाक्ने संक्रमण रोगको मुख्यकारण पत्ता लगाउनको नेपाल अफ्थालमिक सोसाइटी तथा नेपाल नेत्र ज्योती संघसँग सहकार्य गरेर सातैवटा प्रदेश बाट थप नमुनाहरू संकलन गरी परिक्षण गर्ने योजना रहेको जानकारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

भाइरल कन्जक्टिभाइटिस मुख्य कारण भाइरस संक्रमण रहेकोमा ८० प्रतिशत एडिनो भाइरसको कारणले हुने गरेको छ । सोबाहेक केही भाइरल कन्जक्टिभाइटिसको संक्रमण इन्टेरोभाइरस तथा हरपिस भाइरसहरूले पनि गराउने गरेको प्रयोगशालाले जनाएको छ ।

Nabintech