१२ श्रावण २०८१, शनिबार
नेपालगञ्ज उद्योग बाणिज्य संघ निर्वाचन :को हुन महासचिवका उम्मेदवार रानाभाट ?


नेपालगञ्जका ब्यवसायीहरु बीच भीमबहादुर रानाभाट नयाँ र नौलो नाम होईन । मृदभाषि र सदैव व्यवसायीहरुका समस्यासंग जुधेर समाधान गर्न पहल गर्ने स्थापित सफल व्यवसायी हुन रानाभाट ।

समुन्नत अर्थतन्त्र, समृद्ध उद्योगी व्यवसायी, सन्तुष्ट उपभोक्ता आजको आवश्यकता भन्ने मूलनाराका साथ आगामी भदौ २ गते सम्पन्न हुन गई रहेको नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा टंकबहादुर धामी नेतृत्वको समावेशी प्यानलबाट महासचिव पदको प्रत्यासी बनेका रानाभाट मेहनत, ईमान्दारिता र लगनशिलताले कुनै पनि ब्यक्तिलाई सफल बनाउँछ भने कुरामा विश्वास राख्ने व्यक्ति हुन ।

कालिका ईम्पोरियम घरबारीटोल नेपालगञ्ज र आरवि सपिङ्ग कम्प्लेक्स न्यूरोडका सञ्चालक समेत रहेका महासचिवका प्रत्यासी रानाभाट व्यावसायिक हितका लागि खोलिएका संघसंस्थाहरुमा सफल नेतृत्वको भूमिका समेत निभाएका छन ।

बर्तमान कार्यसमितिको सदस्य समेत रहेका महासचिव पदका प्रत्यासी स्वच्छ छवी, नम्र स्वभावका व्यक्तित्वका धनी हुन । उनी व्यवसायीहरु बीच खेलकुदका माध्यामबाट आफ्नो पहचिान तथा मित्रताको सम्बन्ध प्रगाढ बनाउन जुमा स्पोर्टस क्लबका संस्थापक अध्यक्ष भएर विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरेको, खुद्रा व्यवसायी संघ बाँकेको संस्थापक अध्यक्ष, बर्दियाली सेवा समाज बाँकेको संस्थापक अध्यक्ष, न्यूरोड टोल सुधार ससमितिका महासचिवलगायत दर्जनौ सामाजिक तथा व्यवसायिक संघसंस्थामा कुशल नेतृत्व दिईसकेको अनुभव संगालेका छन ।

नेपालगञ्ज उद्योग बाणिज्य संघको यहिँ भदौं २ गते हुने निर्वाचनमा समावेशी प्यानलको तर्फबाट महासचिव पदको उम्मेदवारको रुपमा रहेका व्यवसायी रानाभाटलाई संघको कार्यकारी नेतृत्वमा पुगेर नेपालगञ्ज र समग्र बाँकेका व्यवसायिको समस्याको समाधान गर्ने हुटहुटी छ ।

उद्योगी ब्यवसायीका समस्यालाई संघभित्र र सरोकारवाला निकाय जस्तै कर कार्यालय, बाणिज्य कार्यालय, भन्सार कार्यालय, प्रहरी प्रशासन लगायतका निकायमा दह्रोरुपमा राख्न सक्ने मात्रै नभई उद्योगी ब्यवसायीका कुनै पनि समस्या आईपरेमा सहजिकरणका लागि जुनसुकै समयमा पनि उपस्थित हुन सक्ने उम्मेदवारको रुपमा रानाभाटले आफुलाई अघि सार्दै आफु र आफ्नो प्यानललाई अमूल्य भोट दिएर विजयी गराउन अपिल गरेका छन् ।

Nabintech