१८ बैशाख २०८१, मंगलवार
लुम्बिनी प्राविधिक विश्वविद्यालय जग्गा प्राप्ति प्रक्रिया अगाडि बढ्यो 


बाँकेको खजुरा गाउँपालिकामा निर्माण हुने भनिएको लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागी जग्गा प्राप्ति प्रक्रिया अगाडि बढेको छ ।

लुम्बिनी प्रदेश सरकारले विश्वविद्यालयका लागि १०० बिगाहा जग्गा हुनुपर्ने मापदण्ड तोकेको र उक्त जग्गाको हालसाबिक नभएका कारण अन्यौलमा रहेको परिस्थितिमा भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विश्वविद्यालयका लागि हालसाबिक गरिदिने भन्ने पत्र नापी तथा मालपोत कार्यालय बाँकेमा पत्र पठाए सँगै प्रक्रिया  अगाडि बढेको हो ।  

लुम्बिनी प्रदेश सरकारले विश्वविद्यालयका लागि १०० बिगाहा जग्गा आवश्यक पर्ने भनिएकोमा खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका वडा नं ८ रनियापुर ११० बिघा जग्गा छुट्याएर हक हस्तान्तरणका लागि सिफारिस गरेको थियो  ।खजुरा गाउँपालिका वडा नं ८ रनियापुर मा रहेको उक्त जग्गा नेपाल सरकारको नाउमा हालसाबिक गरि क्याबिनेटको निर्णय गराई लुम्बिनी प्राविधिक विश्व विद्यालय निर्माण गर्ने योजना अनुरूप काम अघि बढिसकेको खजुरा गाउँपालिकाका कार्यकारी अधिकृत अर्जुन सुबेदीले जानकारी दिए ।

बिहीबार नेपाल सरकारको सचिव स्तरीय निर्णय बाट उक्त जग्गा हाल साविक गर्नको लागि भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय जग्गा प्रशासन शाखाले मातहतका सबै निकायलाई हाल साबिकको लागि पत्राचार गरिसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि ।क ।ले बताए  । उक्त जग्गा हालसाबिक भइसकेपछि लुम्बिनी प्राविधिक विश्व विद्यालयले नेपाल सरकारबाट ४० वर्षका लागि भाडामा लिई प्राविधिक विश्व विद्यालय सञ्चालन गर्ने छ ।

लुम्बिनी प्राविधिक विश्व विद्यालय सञ्चालनका लागि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि ।क ।को पहलमा भूमि व्यवस्था तथा गरिबी निवार मन्त्री रञ्जिता श्रेष्ठ चौधरी समक्ष एक टोली डेलिगेसन मा गएको थियो । 

Nabintech