१६ बैशाख २०८१, आईतवार
कोहलपुर प्रहरीद्धारा  लागु औषध नष्ट


कोहलपुर प्रहरीले ठुलो परिमाणमा लागु औषध नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न समयमा बरामद गरिएका लागु औषध एकमुष्ट रुपमा आगो लगाई नष्ट गरेको हो ।

ईप्रका कोहलपुरको कार्यक्षेत्रभित्र ‘लागु औषध खोज र नष्ट गर’ अभियान चलाएको प्रहरीले बिभिन्न समयमा बरामद भई मुद्धाको अन्तिम किनारा लागीसकेका लागुऔषध नष्ट गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले बताए । तिवारीका अनुसार पछिल्लो समय कोहलपुर तथा आसपसका क्षेत्रमा रहेका लागु औषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिंदै लागु औषध रहित कोहलपुर निर्माण गर्ने अभियान संचालन गरीएको छ ।

उक्त अभियान अन्तर्गत शुत्रबार साक्षि र मुचुल्का सहित शिलबन्दी अवस्थामा राखीएका एक बोरा लागु औषध नष्ट गरिएको हो ।

Nabintech