१८ बैशाख २०८१, मंगलवार
अष्ट्रेलियाका एनआरएन बिष्ट नेविसंघको केन्द्रीय तदर्थ समितिमा मनोनीत


नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ समितिमा अष्ट्रेलियामा अध्ययनरत सुनिल बिष्टलाई मनोनयन गरिएको छ । सोमबार बसेको नेविसंघको बैठकले मनोनीत गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई कार्यसमिति सदस्यमा मनोनीत गर्न निर्देशन दिएका हुन। सोही कमिटिमा सुनिल बिष्ट परेका हुन ।

देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित तदर्थ समितिमा सदस्यको मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

को हुन बिष्ट

बर्दिया स्थायी घर भएका बिष्ट हाल अष्ट्रेलियाबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययनरत बिद्यार्थी हुन । अन्तर्राष्ट्रिय सामाजिक संस्था ल्च्ल् मा आबद्ध रहेका बिष्ट सुदूरपश्चिम समाज अष्ट्रेलियाको संस्थापक टिममा कार्यरत रहेका छन ।

नेपाली कांग्रेसका अगुवा नेताको रुपमा कार्यरत बिष्ट सामाजिक सेवामा समर्पित रहेका छन।बिष्ट नेपाल रेकर्ड अनलाईनका सबेन्छुक हुन ।

Nabintech