१५ बैशाख २०८१, शनिबार
ई रिक्सामा फर्जी चेसिस

फर्जी काममा नेपालगन्ज उपमहानगर पालिका , प्रहरी र ट्राफिक प्रहरी साथ 



बजारमा गुड्ने ई रिक्सा बिक्रेताहरूले फर्जी कागजात गराएर रिक्सा बिक्री बितरण गर्ने गरेको पाइएको छ ।

बागवान रिक्सा एसेम्बल उद्योग प्रालि नेपालगन्ज १७ ले नक्कली चेसिस नम्बर राखेर बिक्री बितरण गर्ने गरेको पाइएको हो । सो कम्पनीले बि डब्लु एन २२ ए यु जि ३९४ को चेसिस लाई नक्कली नम्बर क्यु एस २०१५११ डब्लु २६५० नम्बर भन्दै बिक्री गरेको पाईएको हो । उद्योगका सो धन्धामा नेपालगन्ज उपमहानगर पालिकाले साथ दिएको पाइएको छ ।

नक्कली चेसिस नम्बर सहितको ई रिक्सा दर्ता प्रमाण पत्रमा नेपालगन्ज उपमहानगर पालिकाले प्रमाणित गरिदिएको छ । बागवान रिक्सा उद्योगले एसेम्बल गरेको भन्दै केही चेसिस आयात गर्ने र अन्य फर्जी चेसिस बनाउँदै बजार सेकेन्ड हेन रिक्सा बिक्री गर्ने गरेको छ । कोहलपुर ११ का शान्ति राम गुरागाँईले खरिद गरेको रिक्सामा यस्तो ठगी धन्दा भएको फेला परेको हो । गुरागाँईले नेपालगन्ज उपमहानगरले उपलब्ध गराएको ब्लुबुकमा रहेको चेचिस र रिक्सामा फरक फरक चेसिस नम्बर रहेको जानकारी दिए ।

उनले सो बारे इलाका प्रहरी कार्यालयमा उजुरी गरेको भएपनि नगरपालिका जानु भन्दै फकाई दिएको बताए । पटक पटक सडकमा ट्राफिक जाँचका क्रममा समेत प्रहरी र ट्राफिक प्रहरीले यस बारे चुइक्क नबोल्नुले उनीहरूको समेत सेटिङमा यस्तो गलत धन्दा हुने गरेको एक व्यवसायीले बताए । वैधानिक भन्सार तिरेर केही मात्रामा चेसिस ल्याउने र सोही प्रमाणका आधारमा अन्य दर्जनौँ भन्सार छली ल्याएका चेसिस बाट रिक्सा बनाएर बजारमा बिक्री गर्नुले ठुलो राजस्व हानी भएको ति व्यवसायीले बताए ।

 

Nabintech