१ जेष्ठ २०८१, मंगलवार
 स मिलहरु बाट अवैध काठ बरामद 


बाँकेका दुई पालिकाबाट १ सय ९० क्युफिट सालको काठ बरामद गरेको छ ।

मंगलबार डिविजन वन कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार स मिलमा छापा हानेपछि १ सय ९० क्युफिट अबैध काठ बरामद गरेको हो ।

जानकी गाउँपालिका ५ को शिवशंकर स मिलबाट १ सय ३९ क्युफिट र नेपालगञ्ज उप महानगरपालिका २० को मनकामना स मिलबाट ५१.८२ क्युफिट सालको काठ बरामद गरेको डिविजन वन कार्यालय बाँकेका सहायक बन अधिकृत नारायण पार्थेले बताए ।

बरामद गरिएको काठको बारेमा थप अनुसन्धान गरि कानुन अनुसार कारवाही गर्ने सहायक वन अधिकृत पार्थेले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका २० नम्बर वडाका अध्यक्ष कौशल कुमार धोवि, इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारी, डिभिजन वन कार्यालय बाँकेका कर्मचारी र बनरक्षकहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समय बाँके जिल्लाका सामुदायिक बन र राष्ट्रिय बनहरुमा काठ चोरी बढेको बताईएको छ । 

Nabintech