६ जेष्ठ २०८१, आईतवार
कोशी प्रदेशको दोश्रोपटक मुख्यमन्त्री बने उद्वव थापा


कोशी प्रदेशमा दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका छन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी पेस गरेका नेपाली कांग्रेसका उद्धव थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

गठबन्धनले प्रस्तुत गरेको ४७ जना सांसदहरूको हस्ताक्षरका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्तिमार्फत् जनाएको छ। मुख्यमन्त्री बन्नका लागि थापाको मात्र दाबेदारी परेको थियो।

एक महिनाअघि मुख्यमन्त्री बनेका उनको नियुक्तिलाई गत बिहीवार सर्वोच्च अदालतले ‘नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको’ भन्दै बदर गर्ने आदेश दिएपछि नयाँ प्रक्रियाबाट उनी दोस्रोपटक मुख्यमन्त्री बनेका हुन्।

Nabintech