१२ श्रावण २०८१, शनिबार
कोहलपुर खानेपानीका नव निर्वाचित पदाधिकारीहरूले गरे सपथ तथा पदभार ग्रहण


कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारीहरूले आज सपथ तथा पदभार ग्रहण गरेका छन ।

कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत एवं कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सपथ खुवाएका हुन । सपथ ग्रहण पछि कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष नरबहादुर मल्लले नवनिर्वाचित अध्यक्ष भुसाललाई कार्यलयको माइन्युट र कागजपत्र दिदै पद हस्तान्तरण गरेका छन ।

सपथ तथा पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नेपाली काङ्ग्रेसका जिल्ला सभापति नारायण गौडेल , नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादीका नगर अध्यक्ष अबराज खड्का र राप्रपाका नगर अध्यक्ष रुद्रमणि न्यौपाने, निवर्तमान अध्यक्ष नर बहादुर मल्लले कोहलपुर खानेपानीमा चुनौतीका पहाड भएको औंल्याउँदै उपभोक्ताहरूलाई शुद्ध, स्वच्छ पानी वितरणमा महत्वपूर्ण भूमिका खेल्न शुभकामना सहित सफल कार्यकालको कामना समेत गरेका थिए ।

साउन १२ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा निकटतम प्रतिद्वन्द्वीलाई १९७ मतले पछि पार्दै लोकतान्त्रीक प्यानलका टेकनारायण भुषाल सहित पुरै प्यानल नै बिजयी भएको थियो । उपाध्यक्षमा बिर बहादुर विष्ठ , सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुर्व आचार्य, सह सचिवमा बालकुमारी सापकोटा र सह कोषाध्यक्षमा ईश्वर प्रसाद शर्मा बिजयी भएका थिए । सदस्यहरूमा झग्गु प्रसाद वलीले , चक्रदिप शाह, आशा घर्ति मगर तथा महिला सदस्यमा दिपा कुमारी बस्नेत र टिकादेवी सुनार बिजयी भएका थिए ।

Nabintech