४ जेष्ठ २०८१, शुक्रबार
नमूना विद्या सदनद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमूखिकरण


बाँकेको कोहलपुर नगरपालिका ८ मा रहेको नमूना विद्या सदनले कक्षा ११ का विद्यार्थीलाई अभिमूखिकरण कार्यक्रम गरेको छ ।

सोमबार कोहलपुर नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष लाल बहादुर रानाको प्रमुख अतिथि र नमूना विद्या सदनका संस्थापक तथा कार्यकारी निर्देशक शिव डाँगीको अध्यक्षतामा अभिमूखिकरण कार्यक्रम गरिएको हो ।

ऋभिमूखिकरण कार्यक्रममा बोल्दै सरस्वति माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाखर जैसीले झोला बोकेर स्कुल आउने र घर जाने प्रवृत्ति बढेको बताए ।

‘बालबालिकाले पास हुनका लागि विद्यालय आउने होइन,’ उनले भने, ‘विद्यालय केही सिक्न आउने हो ।’ पास हुन मात्र आउने विद्यार्थी पास हुँदैन तर सिक्न आउने विद्यार्थी पास हुन्छ, किनकी सिकेको विषयबस्तु नै परिक्षामा आउने प्रधानाध्यापक जैसीले बताए ।

यस्तै एन प्याब्सन केन्द्रिय उपमहासचिव कुसुम रानाभाटले किशोरकिशोरी अवस्थामा गरेको मेहनत, लगनशिल, परिश्रमले भविष्यको उज्योलो ढोका खुल्ने भन्दै अध्यनअध्यापनमा लाग्न प्रेरित गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष लाल बहादुर रानाले बालबालिकाहरुले सामाजिक सञ्जाल तथा लागूऔषधको दुव्र्यसनिमा फस्ने गरेको र आफ्नो भविष्यलाई अन्धकार बनाएको भन्दै सचेत हुन आग्रह गरेका थिए ।

समाजमा अहिले कक्षा ८ देखि १२ कक्षा सम्मका बालबालिकाहरुले लागूऔषध प्रयोग र सामाजिक सञ्जालमार्फत विकृति रोक्न उत्प्रेरित गरेका थिए ।

नमूना विद्या सदनले कोहलपुरलाई शैक्षिक हव बनाउने उद्देश्यलाई पुरा गर्न निकै राम्रो र प्रभावकारी भूमिका खेलेको वडा अध्यक्ष रानाले बताए ।

यस्तै नमूना विद्या सदनका संस्थापक तथा कार्यकारी निर्देशक शिव डाँगीले गुणस्तरीय शिक्षा प्रदान गर्दै गइरहेको र विद्यार्थीहरुको संख्या बृद्धि हुँदै गइरहेको भन्दै खुसी व्यक्त गरे ।

कक्षा ११ का बालबालिकाहरुलाई अध्ययन अध्यापनमा अभिप्रेरित गर्ने उद्देश्यले गरिएको कार्यक्रममा विभिन्न अग्रज व्यक्तिहरुको अनुभव, सिप, ज्ञानको विषयमा चर्चा गरिएको थियो ।

यस्तै कार्यक्रममा सञ्चालक समितिका प्रकाश शाह, विद्यालयमा कार्यरत बेग बहादुर थापा, हरि चन्द, केशराज खड्का, विनोद न्यौपाने, खगेन्द्रनाथ योगी लगायत करिब ३ सय बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Nabintech