१८ बैशाख २०८१, मंगलवार
नेपालगन्जमा ‘लक्जरी सिनेमा’हल संचालन


नेपालगन्ज ‘लक्जरी सिनेमा’ हल रोयल बिहिवार शुभारम्भ भएको छ । उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिसाले नेपालकै मध्येको एक हो । सिने रोयलका संचालक डा। राहुल थापाका अनुसार, यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल हो ।

यो सिने रोयलमा एकै पटक ३ वटा फिल्म संचालन हुने भएकाले दर्शकले जुन फिल्म मन लाग्यो त्यहि हेर्न पाउने छन् । सञ्चालक थापाका अनुसार, करिब २५ करोड लागतमा निर्माण सम्पन्न भएको सिने रोयलमा लक्जरी २ सय ५० जना क्षमताका दुई वटा हल र अपाङ्तामैत्री पूर्वाधारसहितको १ सय ५० सिट क्षमताको एउटा हल रहेको छ । यो हलमा बस्ने सिट पनि एकदमै लक्जरी रहेका छन् ।

तीन स्किनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीहरूका लागि ढोका खोलेको छ र यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको थापाले बताए । अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको उनको भनाई छ ।

‘३ ओटा अटिडिटोरियममा ५६० सीटहरूको साथ, सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पनि हो । अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी अनुभव प्रदान गर्दै राष्ट्रिय गौरवको परियोजना निर्माण गर्दै नेपाललाई आधुनिक सिनेमा थिएटरको लक्जरीपूर्ण अनुभव अन्तर्राष्ट्रिय मानचित्रमा ल्याएको छ ।’– डा थापाले भने ।

सिनेरोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्ण रूपमा अग्नि–प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालना गरेको छ । थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्दछ जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्चित गरेको बताइएको छ ।

Nabintech