१५ बैशाख २०८१, शनिबार
विपद व्यवस्थापन विज्ञ गोविन्द वाग्ले खानेपानीमा सचिव पदका उम्मेद्वार 


बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट सचिव पदका उम्मेद्वार हुन् गोविन्द वाग्ले   ।

वाग्लेले विपद व्यवस्थापन र सोसलिजम एम .ए. सम्म अध्ययन पुरा गरेका छन् । विद्यालय तहदेखि नै सामाजिक कार्यमा सक्रिय वाग्ले नेपाल रेडक्रस सोसाइटी, एमनेष्टी इन्टरनेसल नेपाल ,नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके, नेपाल भारतमैत्री संघ, डिजास्टर सोलुसन एण्ड रिर्सच सेन्टर जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।

खानेपानीमा सचिव पदमा उम्मेदवार वाग्लेले समग्र पक्ष लाई सुधार गर्नका लागी आफूले सचिव पदमा उम्मेदवारी दिएको बताएका छन । उनले यस अघि लुट बहादुर रावत कोहलपुर नगरपालिकाको प्रमुख हुँदा विपत विज्ञ सल्लाहकारको भूमिकामा रहेका थिए । खानेपानी  विषयमा आफू विज्ञ रहेका कारण यस क्षेत्रमा योगदान गर्न सक्ने भएकाले मात्रै आफूले उम्मेदवारी दिएको उनको भनाई छ । 

हाल कोहलपुर ६ का स्थाई बासिन्दा वाग्लेले कोहलपुर नगरपालिका वडा नं ६ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणका २. ५ कट्ठा जग्गा दान समेत गरेका छन । उनले आफूले सामाजिक संस्था बाट केही व्यक्तिगत लाभ लिने भन्दा समाजमा केही योगदान गरौँ भन्ने भावना आफ्नो रहेको बताए । 

निर्वाचित भएपछि खानेपानी संस्थामा रहँदा आफूले कुनै खालको आर्थिक सुविधा नलिएर निशुल्क सेवा गर्ने उनले बताए । बर्दिया जिल्ला सोरहवा गाविसमा जन्मेका वाग्ले २०४२ सालमा कोहलपुर आएका हुन् । बुवा तारानाथ उपाध्यक्ष र आमा लिला देवी वाग्लेको कान्छो सन्तानको रुपमा उनको जन्म भएको हो । सामान्य परिवारमा जन्मेका वाग्लेको बाल्यकाल सामान्य रुपमा बित्यो ।

वाग्लेकी श्रीमती अचला घिमिरे हुन् । गोविन्द वाग्ले हाल नेपाली काँग्रेस कोहलपुर नगर सचिव समेत हुन् । कोहलपुर खानेपानीमा देखिएका आर्थिक अनियमितताको छानविन गरी दोषी उपर कारवाहीका लागि काम गर्ने संकल्प लिइएको उनले बताएका छन् । कोहलपुरका जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन विशेष नीतिका साथ काम गर्ने लक्ष्यका साथ निर्वाचनमा मतदान गरी बिजयी गराइदिन सम्पूर्ण उपभोक्ताहरूमा अनुरोध समेत गरेका छन् । आफू सचिव पदमा बिजयी भएमा कोहलपुर खानेपानी लाई देशको नमुना बनाउने उनको भनाई छ 

उनले सचिव पदमा आफू लाई चुनाव चिह्न मोटरसाइकल मतदान गर्नुका साथै लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार टेक नारायषण भुषाल (बस), उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर विष्ट (टेबुल पंखा),  कोषाध्यक्ष पदका उम्मेद्वार धु्रब आचार्य(कित्ली), सह–सचिव पदका उम्मेद्वार बाल कुमारी सापकोटा (आँप), सह–कोषाध्यक्ष पदका उम्मेद्वार इश्वर प्रश्साद शर्मा(हेलिकप्टर), सदस्य पदका उम्मेद्वारहरु झग्गु प्रसाद वली (कोदालो), चक्रदिप शाह(कैचि), आशा घर्ती मगर (प्रेसर कुकर), महिला सदस्य पदका उम्मेद्वारहरु दिपा बस्नेत (टेबुल), टिकादेवि सुनार (बाघ) रहेका छन् ।

 

Nabintech