५ जेष्ठ २०८१, शनिबार
बाँके ट्राफिकद्वारा २ करोड ६१ लाख राजस्व संकलन


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष ०७९र०८० मा ४३ हजार आठ सय ३८ सवारी साधनलाई कारबाही गरी दुई करोड ६१ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्षमा मापसे गरेर सवारी साधन चलाउने दुई हजार आठ सय ५५ वटा सवारी साधनलाई कारबाही गरेको छ । त्यसबाट २८ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

यसैबीच आर्थिक वर्ष ०७९र८० मा एक सय २४ वटा सवारी दुर्घटना भएका छन् । र सवारी दुर्घटनामा परी ६० जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइतेको संख्या एक सय २९ रहेको छ भने सडक दुर्घटनामा परी १० वटा पशुचौपायाले ज्यान गुमाएको र दुई वटा घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले नियम उलंघन गर्ने सवारी साधनलाई आर्थिक जरिवाना गर्नुका साथै सचेतनामूलक अभियान संचालन समेत गर्दै आएको जनाएको छ । सुनारका अनुसार गत आर्थिक वर्षमा मात्र कार्यालयबाट सात सय ७३ वटा सचेतना कक्षा संचालन गरी ३४ हजारभन्दा बढी सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेत गराइएको छ ।

Nabintech