४ जेष्ठ २०८१, शुक्रबार
लाइन्स क्लब अफ कोहलपुर कस्तुरीका आयोजनामा वृक्षारोपण


कोहलपुर नगरपालिका -१४ स्थित सिर्जना बाल प्रा वी मा आज वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ कोहलपुर कस्तुरी आयोजना तथा लायन्स क्लब अफ कोहलपुर र लायन्स क्लब अफ कोहलपुर सयपत्रीको सहजिकरणमा विभिन्न प्रजातिका ६५ बिरुवा रोपिएको लायन्स क्लब अफ कोहलपुर कस्तुरीका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

पारिजात, कपुर, गोलमोर, अम्बा लगायतका बिरुवा रोपिएको हो । विद्यालय क्षेत्रलाई हराभरा बनाउने र कोहलपुर नगरको हरित नगर अभियानमा टेवा पुर्‍याउने उद्देश्यले वृक्षारोपण गरिएको पनि उनको भनाइ छ । वृक्षरोपण कार्यक्रममा कोहलपुर नगरपालिका- १४ का वडा अध्यक्ष नम बहादुर आले, विद्यालयका प्र अ कल्पना वली लायन्सका अग्रजहरू तेज प्रसाद अधिकारी , चिन्तामणि धिताल, टिपी न्यौपाने, नवीन निश्चल आचार्य, कुमार उप्रेती, राजु रिजाल लगायतको सहभागिता रहेको थियो ।

Nabintech