नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति, प्रेस चौतारीका केन्द्रिय सदस्य एवं प्रेस चौतारी लुम्बिनी प्रदेश सह ईन्चार्ज रुद्र सुबेदीलाई पितृ शोक परेको छ ।
४० वर्ष लामो समय शिक्षण पेशामा आवद्ध भएका डम्मर सुबेदीको आज शिक्षण अस्पतालको सघन कक्षमा उपचारका क्रममा निधन भएको सुबेदीको पारीवारीक श्रोतले बताएको छ । सुबेदी बिगत देखि सुगर प्रेसरका बिरामी थिए ।
शिक्षण पेशाबाट बिश्राम लिएपनि सामाजिक कार्यमा क्रियाशिल रहदै आएका सुबेदी शिक्षक सहकारी नेपालगञ्जका अध्यक्षको रुपमा कार्यरत रहदै आएका थिए ।
नेकपा एमाले अञ्चल कमिटीको कार्यालय सचिव भएर कार्यरात सुबेदी हाल लुम्बिनी प्रदेश कमिटी सदस्यमा रहेर पार्टिमा समेत क्रियाशिल थिए । उनको अवशानले पार्टिलाई अतुलनिय क्षति पुगेको नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्लि बिसिले बताए ।
२००२ सालमा कास्कि जिल्लाको काँस्किकोटमा जन्मिएका डम्मबर सुबेदीको पार्थिब शरिरलाई पारीवारीक श्रोतका अनुसार भोलि ३० गते विहान बाँकेको अगैयाघाटमा अन्तिम संस्कारका लगिने भएको छ । अगैयाघाट लैजानु अघि स्वर्गिय सुबेदीको पार्थिब शरीरलाई नेकपा एमाले बाँकेको पार्टि कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने छ भने ८ बजे त्यहाबाट घाट लैजाने ब्यबस्था मिलाईएको सुबेदी परीवारले जनाएको छ ।
नेपालगञ्ज आफनै निवासबाट र कोहलपुरको न्युरोड चोकबाट आफन्त तथा शुभ चिन्तकहरुका लागि सवारी साधनको ब्यबस्था गरिएको छ ।
उनको धर्मपत्निको यस अघि नै निधन भई सकेको छ भने सुबेदीका ३ छोरा (रुद्र सुबेदी, माधव सुबेदी र गुरु सुबेदी) र एक छोरी सिता सुबेदी रहेका छन ।