१७ बैशाख २०८१, सोमबार
भेरी अस्पतालमा  बेड अभाव स्टेचर र भुईमा राखेर उपचार,नयाँ बिरामीले भर्ना पाउन समस्या


यस क्षेत्रको ठुलो भनिएको भेरी अस्पतालको ईमरजेन्सी कक्षमा बेड अभाव भई बिरामीहरु लाई स्टेचर र भुईमा  राखेर उपचार गनुपर्ने अवस्था छ । भने कतिपय बिरामी लाई भर्ना नै नगरेर अन्यत्र पठाउनुपर्ने अवस्था सृजना भएको छ ।बुधवार आपतकालिन उपचारका लागी भेरी अस्पताल पुगेका एक बिरामीका आफन्तले ३ घन्टा पछि मात्रै स्टेचरमा राखेर उपचार गर्न पाएको बताए ।

 

ईमरजेन्सी उपचारका लागी अस्पताल पुर्याउदा ३ घन्टा सम्म एम्बुलेन्समा राख्नु पर्ने अवस्था निकै दुखद भएको कोहलपुर ३ का सौरभ मरासिनीको भनाई थियो ।शौरभले बिरामीको अवस्था नाजुक रहेको भन्दै एम्बुलेन्समै भएपनि उपचार सुरु गरिदिन डाक्टर लाई आग्रह गरेको भएपनि भर्ना नगर्दा सम्म बिरामी हेर्न नमिल्ने भन्दै डाक्टरहरु बिरामीको नजिक समेत नगएको उनको भनाई थियो ।

अस्पतालको ईमरेजन्सी कक्षमा रहेको २ वटा स्टेचरमा समेत अन्य बिरामी राखेर बिरामीको उपचार भई रहेकाले बिरामी एम्बुलेन्स बाट झार्न समेत नपाएको उनको भनाई थियो । पछि एक बिरामी लाई अन्यत्र वेडमा सारिएपछि स्टेचरमै राखेर उपचार गरिएको उनको भनाई थियो ।  बेड नभएको भन्दै बिरामी लाई अन्य अस्पतालमा लैजना स्वाथ्यकर्मिले  पटक पटक आग्रह गरेका उनको भनाई थियो ।

बर्दिया बाट आएक एक बिरामी बिरामी को त झन भुईमै राखेर उपचार भई रहेको थियो । मंगलवार बर्दिया बाट आएका ति बिरमीका आफन्त हेमन्त थापाले बिरामी अवस्था त्यती खराव नभएको भुईमा राखेर उपचार गरिएको बताए ।

अस्पतालका मेडिकल सुपरिटेष्डेन डा. बद्रि चापागाईले अस्पालतमा बेडको अभाव भई बिरामी भर्ना गर्न समस्या भई रहेको बताए । उनले नयाँ भवन निर्माण सम्पन्न भई सकेको अवस्थामा हस्तान्तरण नहुदा बेडहरु थप गर्न नसकिएको स्विकार गरे । उनले स्वाथ्य बिमाका कारण पछिल्लो समय अस्पतालमा बिरामीको चाम बढेको बताउदै सो अनुसार अस्पतालमा पुर्वाधार र जनशक्ति थप गर्न नसकिएको बताए । सरकारले बिमा गरेका बिरामी लाई सरकारी अस्पतालमा उपचार गर्ने निती लिएपछि सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ ।

ईमरेजेन्सी कक्षमा कार्यरत एक स्वाथ्यकर्मीले दिएको जानकारी अनुसार अस्पतालमा आउने बिरामी लाई अन्य अस्पतालमा लैजान आग्रह गनुपर्ने अवस्था सृजना भएको बताए । उनले ईमरजेन्सी कक्षमा २५ बेड राख्ने भनिएको भएपनि हाल २० वटा बेड मात्रै राखिएको छ । ईमरजेन्सि कक्षका बिरामी लाई अन्य वार्डहरुमा सार्न सकिएमात्रै ईमरजेन्सीमा नया भर्ना गर्न सकिने भन्दै बिरामी लाई अन्य वार्डमा लैजान नसकेकाले ईमरजेन्सीमै उपचार गर्दा नयाँ बिरामी भर्ना गर्न समस्या भएको बताए ।अन्य वार्डहरु समेत भरिभराउ रहेको उनको भनाई थियो ।

उनले दैनिक १० देखि १५ जना बिरामी भर्ना नगरेरै अन्य अस्पतालमा पठाउनु पर्ने बाध्यता रहेको सुनाए । रातको समयमा आउने बिरामी लाई त भर्ना लिन नसकिएको बताए ।

अस्पताल बिकास समितीका नव नियुक्त अध्यक्ष बिरेन्द्र कुमार शाहले आफु केहि समय अघि मात्रै बिकास समितीको अध्यक्ष भएको भन्दै समस्या समाधानका लागी पहल सुरु गरेको बताए । उनले अस्पतालमा बिधी स्थापित गर्ने , पुर्वाधार र जनशक्ति थप गर्ने गरि आफु अगाडी बढने भन्दै तत्काल देखिएका समस्या केहि दिन भित्र समाधान गर्ने बताए ।

Nabintech