७ जेष्ठ २०८१, सोमबार
सिभिल इन्जिनियरिङको पढाई सुरु गर्ने बाँकेको पहिलो सामुदायिक विद्यालय ,सङ्घर्षले सफलता तर्फ ज्ञान ज्योति


बिभिन्न खाले अभाव बिच सामुदायिक विद्यालयहरू तर्फ डिप्लोमा ईन सिभिल इन्जिनियरिङ कक्षा सुरुवात गर्ने जिल्लामा पहिलो विद्यालय हो ज्ञान ज्योति माध्यामिक विद्यालय चपरगौढी ।

भौतिक पूर्वाधार अभाव , जनशक्तिको अभावका बिच जिल्लामा पहिलो पटक सामुदायिक विद्यालय तर्फ सो पढाई सुरुवात गरिएको थियो । २०७५ सालमा विद्यालयले डिप्लोमा ईन सिभिल इन्जिनियरिङ कक्षा सुरुवात गरेको विद्यालयका प्रधानाध्यापक बिनोद लम्साल बताउँछन । उनले कक्षा कोठाको अभावमा सिभिलको कक्षा बिहान र नर्मल कक्षा १० बजे देखि सञ्चालन गरेर काम चलाएको सम्झन्छन् । उनले सिभिल तर्फको पहिलो ब्याज पास आउट भएको र अर्को पास आउट हुने चरणमा रहेको जानकारी दिए ।

पास आउट भएका मध्ये आधिकांश विद्यार्थी कुनै न कुनै काममा लागी सकेको उनले बताए । जिल्लाको नमुना र प्राविधिक धारको विद्यालय बनाउने सोच स्थानीय राजनैतिक दल र समाजसेवीको साथ र समर्थनमा विद्यालयले सफलता पूर्वक डिप्लोमा ईन सिभिल इन्जिनियरिङ र अर्को वर्ष देखि डिप्लोमा ईन जियो मेट्रिक्स (नापी सर्वेक्षक) कक्षा पनि सञ्चालन गर्दै आएको लम्सालको भनाई छ । लम्सालले हाल विद्यालयले प्रि डिप्लोमा ईन सिभिल इन्जिनियरिङ १८ महिने पनि सञ्चालन गदै आएको बताए ।

कुनै प्राविधिक कक्षा सञ्चालन गर्ने भन्ने छलफलका क्रममा बढि माग भएको र कक्षा सञ्चालनमा पनि सहज हुने ठानेर सिभिल कोर्ष रोजिएको उनको भनाई छ । विद्यार्थीको माग अनुसार फेरी नापी पर्यवेक्षकको पढाई पनि सुरुवात गरिएको उनको भनाई छ । प्राविधिक धार सुरुवात गर्न बाँके क्षेत्र नं १ का निवर्तमान सांसद एवं माओवादी केन्द्रका नेता महेश्वर जंग गहतराज अथकले ठुलो हौसला थपेको लम्साल सम्झन्छन् । भवनको अभाव भई रहेका बेला अथकको संसद् विकास कोष बाट २ पटक गरि ७० लाख रुपैयाँ सहयोगमा ६ कोठे भवन बनाइएको उनले बताए ।

हाल विद्यालय सँग प्राविधिक कक्षा सञ्चालनका लागी १२ कोठे अलग्गै ब्लक बनाइएको छ । हाल प्राविधिक कक्षहरू सञ्चालनमा कुनै कठिनाइ नभएको उनी बताउँछन । प्राविधिक कक्षाका लागी ३ वटै कोर्सहरूमा प्रतिबर्ष ४८ /४८ जना विद्यार्थी भर्ना लिइने गरेको लम्सालको भनाई छ । अभिभावकहरूको उत्साहमा प्राविधिक धार सुरुवात गरेको भएपनि स्थानीय विद्यार्थीहरूको सहभागिता भने कम छ । कक्षाहरूमा मुस्किलले ४/५ जना स्थानीय विद्यार्थी हुने गरेको उनी बताउँछन । सिभिलका कक्षाहरूमा प्रदेश नं ५,६र ७ का पहाडी जिल्लाहरू बाट विद्यार्थी आउने गरेको लम्सालले सुनाए ।

नापी सर्वेक्षक पढ्का लागी भने जनकपुर देखी पश्चिम तराई मधेस क्षेत्रका विद्यार्थी आउने गरेको उनको भनाई छ । पर्यवेक्षकको माग अत्याधिक रहेको उनको भनाई छ । कतिपय अवस्थामा प्राविधिक धारको पढाईका लागी प्रशिक्षक वा शिक्षक पाउनै मुस्किल हुने गरेको उनको अनुभव छ । उनले बाहिर जिल्ला बाट आउने शिक्षक वा प्रशिक्षक ६ महिना बस्ने र राम्रो अवसर पाए छोडेर जाने गरेको सुनाउँछन् ।

३ वर्षे कोर्षका लागी विगतमा सिभिलका लागी २ लाख ५० हजार र नापि सर्भेक्षक लागी २ लाख ४० हजार सम्म लिने गरेको भएपनि हाल १ लाख ९० हजार लिने गरेको लम्साल बताउँछन । सो रकम सेमेस्टर अनुसार तिनु पर्ने र १० हजार धरौटी वापतको रकम लाग्ने उनले बताए । विद्यालयले प्राविधिक धारका कक्षा ११ र १२ मा साधारण तर्फका कक्षहरू पनि सञ्चालन गर्दै आई रहेको छ । विद्यालयले विज्ञान , व्यवस्थापन , कानुन र शिक्षा समुहका कक्षहरू सञ्चालन गर्दै आएको लम्सालको भनाई छ । १० कक्षा सम्म पढ्दै आएका विद्यार्थी अन्य विद्यालय जाने र अन्य विद्यालय बाट विद्यार्थीहरू आउने गरेको उनले सुनाए ।

Nabintech