८ जेष्ठ २०८१, मंगलवार
ज्ञानज्योति मावि चपरगौढीमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन


ज्ञानज्योति माध्यमिक विद्यालय कोहलपुर १२ , चपरगौढी सर्वसम्मत विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ ।

दशरथ पराजुलीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । सोमवार भएको भेलाले समिति गठन गरेको हो । अन्य सदस्यहरूमा  गुरुवचन चौधरी, सीता सिंह ठकुरी, गोमा सापकोटा, बलराम थारू र धनसरा कामी चुनिएको विद्यालयका प्रधानाध्यापक बिनोद लम्साल जानकारी दिए ।


विवादका कारण ज्ञानज्योति माविमा विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिए । पराजुली यस अघि पनि लामो समय सो विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रहि सकेका छन ।

Nabintech