४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुर सव डिभिजन बन कार्यालय  द्धारा निशुल्क बेर्ना बितरण सुरु  


कोहलपुर सव डिभिजन बन कार्यालय बाँकेले बिभिन्न प्रजातिका बेर्नाहरू निशुल्क बितरण सुरु गरेको छ । सव डिभिजन वन कार्यालय कोहलपुरका प्रमुख राज बहादुर चौधरीले सोमवार देखि कार्यालय बेर्ना बितरण सुरु गरेको जानकारी दिए ।

उनका अनुसार नर्सरीमा बिभिन्न १६ प्रजातिका बेर्नाहरू उत्पाद गरिएको छ । उनका अनुसार सिसौ , निम , गोल्डमोर ,श्रीखण्ड ,कपुर , अम्बा , लप्सी । स्वामी ,बकाइनु , कदम , सिरिस ,मसला , अमला ,बर्रो , रिठा , जामुन प्रजातिका बेर्नाहरू उत्पादन गरिएको छ ।

चौधरीले डिभिजन बन कार्यालय बाँकेको अनुदान सहयोगमा सिसौ , बकाइनु र सिरिस प्रजातिका २० हजार बेर्ना उत्पादन गरिएको छ । त्यसैगरी समृद्धिका लागी बन परियोजना अन्र्तगत मसला सिरिस र सिसौ प्रजातिका ३५ हजार र डिभिजन बन बाँकेको सहयोगमा अन्य बिभिन्न प्रजातिका २५ हजार बेर्ना उत्पादन गरिएको जानकारी दिए ।

कोहलपुर बासि लाई नागरिकताको फोटोकपी र जग्गाधनी प्रमाण पुर्जाको फोटोकपीको आधार निशुल्क बितरण गरिएको सव बन डिभिजनका ओम प्रकाश डाँगीले जानकारी दिए । उनले हरेक वर्ष बनले बेर्ना बितरण गर्ने गरेको र सो बेर्ना सही तरिकाले संरक्षण गरि हुर्काउन समेत आग्रह गरे ।

 

Nabintech