१६ बैशाख २०८१, आईतवार
सहज मल आपूर्तिका लागि मन्त्री यादवको निर्देशन


लुम्बिनी प्रदेशका भुमि ब्यवस्था तथा कृषि मन्त्री भण्डारीलाल यादवले रासायनिक मलको सहज आपूर्तिका लागि सम्बद्ध कार्यालयलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार कृषि सामाग्री कम्पनीको रुपन्देहीस्थित कार्यालय पुगेर उहाँले किसानका लागि समयमै मलको ब्यवस्थापन गर्न निर्देशन दिनुभयो । धान रोपाइको समयमा मलखाद आवश्यक भएकाले तत्काल जिल्ला पुग्ने ब्यवस्थापन गर्न निर्देशन दिनुभयो ।समयमा मल आएकोले समयमा वितरण गर्न निर्देशन दिनुभयो ।

सो अवसरमा कृषि सामाग्री कम्पनीका प्रमुख नारायणप्रसाद शर्मा, साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख हरिश्चन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको मन्त्री यादवका स्वकीय सचीव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो । यश क्षेत्रमा वार्षिक आठ लाख मेट्रिक टन आवश्यक पर्नेमा अहिले चारलाख पचास हजार मेट्रिक टन मल आएको छ ।

Nabintech