१२ श्रावण २०८१, शनिबार
बैजनाथमा निःशुल्क फलफुलका विरुवा वितरण


बाँकेको बैजनाथ गाउँपालिकाले निःशुल्क रुपमा फलफुलका विरुवा वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाको ८ वटै वडामा निःशुल्क रुपमा फलफुलका विरुवा वितरण गर्न सुरु गरिएको अध्यक्ष प्रकाश बहादुर शाहीले बताए ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग र कृषि शाखाको पहलमा ८ वटै वडामा निःशुल्क फलफुलका विरुवा बितरण गरिने हुँदा सम्बन्धित वडामा सम्पर्क गर्न अध्यक्ष शाहीले वडाबासीलाई आग्रह गरेका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले अनुदानमा फलफुलका विरुवा सबै वडामा पठाइएको बताइन् । गाउँपालिकाबासीले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने रोकायको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले ८ वटै वडामा फलफुलका विरुवा पठाईसकेको बताए । कृषि शाखा प्रमुख प्रमोद विश्वकर्माले बैजनाथ गाउँपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउन यस्तो कार्यक्रम ल्याइएको बताए ।

Nabintech