५ जेष्ठ २०८१, शनिबार
उपसचिव डाँगीको कानून सम्बन्धी किताव बजारमा


नेपाल सरकारका उपसचिव जंगहादुर डाँगीले लेखेको ‘ल्याटिन कानूनी सूक्तिको संक्षिप्त विवेचना’ सम्बन्धी पुस्तक बजारमा आएको छ । डाँगी कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत छन् ।

उपसचिव डाँगीको उक्त पुस्तक पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको हो । पुस्तकमा ल्याटिन कानूनी सूक्तिको सरलरूपमा विवेचना, नेपालको सर्वोच्च अदालत तथा विदेशी अदालतले विभिन्न मुद्दाको व्याख्या गर्ने क्रममा लिएको आधारहरु उल्लेख छ । नेपालको मौजुदा कानूनमा उल्लेख भएका ल्याटिन शब्दावलीहरु, नेपालको कानून र अन्तर्राष्ट्रिय कानूनको सन्दर्भ आदि उल्लेख गरिएको डाँगीले जानकारी दिए ।

‘ यो पुस्तक प्रकाशन भएकोमा म ज्यादै हर्षित छु ।’ उनले भने,–‘कानुनी सूक्ति कानुनको सिद्धान्तमा आधारित हुने हुनाले कानुनको सिद्धान्त बारेमा जानकारी हासिल गर्न सहज हुने छ ।’ डाँगीले संबैधानिक कानून तथा अन्र्तराष्ट्रिय कानूनमा त्रिभुवनबिश्वबिद्यालयबाट एलएलएम, राजनीतिक शास्त्रमा एमए, मध्यपश्चिम बिश्वबिद्यालयबाट अन्र्तराष्ट्रिय सम्बन्ध तथा परराष्ट्र नीति एमए अध्ययन गरेका छन् ।

Nabintech