३० कार्तिक २०८१, शुक्रबार
प्रेम, यौन सम्बन्ध, १८ लाखको बार्गेनिङ अनि बलात्कारको मुद्दा 


कोहलपुर २ का अभि थारू र कोहलपुर ११ कि एक युवती विगत केही महिना देखि प्रेम सम्बन्ध हुन्छ । एकै विद्यालयमा कक्षा ११ मा पढ्ने अभि थारू र कक्षा १२ मा पढ्ने ति युवती बिच केही महिनाको प्रेम सम्बन्ध पछि युवती कै घरमा यौन सम्बन्ध रहन पुग्छ । यो घटना गत जेठ ६ गतेको हो ।

यौन सम्बन्ध रहेको केही दिन पछि अभि सँग सम्पर्कमा नभएको भन्दै युवती जेठ १५ गते अभि को घर पुग्छिन् । र अभि लाई नभेटे पछि उसको मोबाइल ल्याएर फर्कन्छिन् । त्यसको ३ दिन पछि युवती आफू अभि सँगको सम्बन्धका कारण गर्भवती रहेको भन्दै आमा बुवा र केही आफ्न्त सहित अभि को घर पुग्छिन् । आफ्नो घर आएकी युवती र तिनका आफ्न्त लाई अभि बुवा जित बहादुर थारूले केटीको गर्भ जाँच पछि मात्रै आफूहरूले स्वीकार गर्ने भन्दै फर्काई दिन्छन् । १९ गते बिहान गर्भ जाँचका लागी भन्दै केटीका घरमा पुगेका अभि का बुवा लाई केटीले आफूलाई स्वीकार नगरेकाले बलात्कारको मुद्दा दर्ता गर्ने भन्दै १० बजे पछि इलाका प्रहरी कार्यालय कोहलपुरमा आउन आग्रह गर्दै फर्काई दिन्छिन् ।

१० बजे इलाका प्रहरी कार्यालय कोहलपुरमा आउन भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरको महिला सेल बाट जित बहादुर लाई फोन आउँछ । इलाका प्रहरी कार्यालय पुगिसके पछि युवती सँगै रहेका पवित्रा ढकाल र माया हमाल ले युवती लाई पैसा दिएर मिलापत्र गराउन सकिने प्रस्ताव आफू सँग राखेको जित बहादुर बताउँछन । महिला सेलमा रहेका प्रहरी अधिकारीले पैसामा मिलापत्र गराउने भए इलाका प्रहरी कार्यालय बाहिर गएर मिलापत्र गर्नु भन्दै पठाइदिन्छन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाट निस्केका उनीहरू इलाका प्रहरी कार्यालय नजिकै रहेको पवित्रा ढकालको घरमा पुगेर छलफल सुरु गर्छन ।

केटी पक्षले ३० लाख र केटा पक्षले १० लाख बाट सुरु भएको बार्गेनिङ पहिलो दिन केटी पक्ष २१ लाख र केटा पक्ष १५ लाखमा पुग्दा अर्को दिन फेरी छलफल गर्ने गरि टुगिन्छ । दोस्रो दिन जेठ २१ गते छलफलका क्रममा १८ लाखमा कुरो टुगिन्छ । केटी पक्षले नगद पैसा मागेको र केटा पक्षले केटीको बैक खातामा मात्रै पैसा हाल्ने भनेपछि तुरुन्तै एभरेष्ट बैक लिमिटेड कोहलपुर शाखामा केटीको नाममा खाता खोलिन्छ । केटाका बुवा जित बहादुरले पवित्रा ढकाल र माया हमाल समेत गएर खाता खोलिदिएको बताउँछन । केटीले मोबाइलमा म्यासेज आएपछि मात्रै कागज गर्न राजी भएपछि जित बहादुर आफ्नो श्रीमतीको खातामा रहेको १४ लाख माछापुछ्रे बैक बाट र बाँकी ४ लाख सो युवतीको खातामा जम्मा गरिदिन्छन् ।

रकम जम्माको म्यासेज आई  सकेपछि उनीहरू इलाका प्रहरी कार्यालय नजिकै रहेको एक कानुन व्यवसायीको पुगेर मिलापत्रको कागज गर्छन । कागजमा दुवै जना प्रेम सम्बन्धमा रहेको , शारीरिक सम्बन्ध रहेपनि आगामी दिनमा अलग अलग रहेर जीवन यापन गर्ने उल्लेख छ । सो कागज आर्थिक लेन देनको कुरा लेखिएको छैन । केटी पक्ष बाट केटीका बुवा , आमा , लगायत पवित्रा ढकाल , माया हमाल साक्षी बसेका छन भने । केटाका पक्ष बाट रञ्जिता चौधरी लगायत थप ६ जना साक्षी बसेका छन । सो कागजमा बलात्कार आरोपी अभि र केटी दुवैले दायाँ बायाँ ल्याप्चे सहित सहीछाप गरेका छन । मिलापत्रको कागज पछि दुबै  पक्ष आ आफ्नो घर तर्फ लाग्छन् ।

त्यसको एक हप्ता पछि केटीको गाँउका केही अगुवा भनिएकाहरू केटाको घर पुग्छन् । र अभि का बुवा जित बहादुर लाई १८ लाखको मिलापत्र महगौ भएकाले फेरी एक पटक छलफल गर्नपर्ने प्रस्ताव राख्छन् र सो कुरामा केटाका बुवा राजी हुन्छन । भोलि पल्ट अर्थात जेठ ३० गते केटीको गाँउ मा सोही विषयमा छलफल गर्न बैठक सुरु हुन्छ । सो बैठकमा केटी पक्षलाई बोलाइए पछि उनीहरू सो बैठकमा आउन अस्वीकार गर्छन । केटा पक्ष र केही स्थानीय केटीको घरमै पुग्छन् । सो क्रममा केटीका आमाको आर्कमण बाट मध्यस्थतता गर्ने मध्ये कि रञ्जिता थारू समान्य घाईते हुन पुग्छिन्  ।  समान्य घाईते भएपनि केटीका आफ्न्त विरुद्ध  उनीहरूले इलाका प्रहरीमा उजुरी गर्ने भन्दै बाहिरिन्छन् ।

आफ्नो घरमा आफूहरू बलजफ्ती गर्न खोजेको र उल्टै प्रहरीमा उजुरी गर्ने धम्की दिएको भन्दै केटी पक्षले भोलि पल्ट जेठ ३१ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा जबरजस्ती करणी विरुद्ध मुद्दा दर्ता गर्छन । ३२ गते प्रहरीले आरोपी अभि लाई पक्राउ गरेर आवश्यक कार्यवाही प्रक्रिया सुरु गर्छ । प्रहरी दाबी जबरजस्ती करणीको मुद्दा मिलापत्र दवाव दिएको भन्दै स्थानीय ४ जना स्थानीय महिला नेतृ हरू लाई पक्राउ गरि कार्यवाही प्रक्रिया सुरु गरेपछि मात्रै घटना सार्वजनिक हुन्छ ।

प्रहरीका अनुसार १८ लाख लिएर घटना लुकाउन खोज्ने कोहलपुर ११ कि पवित्रा ढकाल , माया हमाल , रञ्जिता थारू , विजय पोख्रेल पक्राउ गरेका छन । उनीहरूले मुद्दा मिलाउने भन्दै लिएको १८ लाख मध्ये ४ लाख आफूहरूले लगेको प्रहरीको भनाई छ । पीडित युवतीले भने सबै रकम आफू सँगै रहेको दाबी गरिन् । मिलापत्र गर्न दवाव दिने अन्य केही फरार रहेको र उनीहरूको खोज भई रहेको इलाका प्रहरी कार्यालयका प्रमुख सुन्दर तिवारीले बताए । आफू मिलापत्रको पक्षमा नचाहेको र केटा पक्षको दबावका कारण मिलापत्र गर्न बाध्य भएको पीडित युवतीको भनाई छ ।

Nabintech