१२ श्रावण २०८१, शनिबार
३ वर्षमा पनि बनेन बैजनाथ ७  पेडारीको  ४५० मिटर सडक 


बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारी गाउँमा सडक निर्माणमा ढिलाई हुँदा स्थानियलाई सास्ती खेप्नुपरेको छ । ठेक्का लिएको कम्पनीले सडक निर्माणमा ढिलाई गर्दा स्थानियलाई सास्ती खेप्न परेको हो । लामो समयसम्म पनि सडक निर्माणमा ठेकेदार कम्पनीले सडक निर्माणमा आनाकानी गर्दा स्थानियलाई हिड्दुल गर्न गाह्रो भएको स्थानियहरु बताउँछन् । सडक निर्माणको लागि ठेक्का पाएको बिएलएल निर्माण कम्पनीले ३ पटक समय थप्दा पनिसडक निर्माणको कार्य पुरा गर्न नसकेको स्थानिय दिपक थारुले बताए ।

विरामी पर्दा एम्बुलेन्स आउन नसक्ने स्थिती रहेको स्थानिय राधेश्याम थारुले बताए । ३ बर्षमा ३ पटक सयम थप्दा पनि निर्माण कार्य अपुरो छ खाली जनतालाई आँखामा छारो हाल्ने जस्तै कार्य भएको छ स्थानिय निवर्तमान जनप्रतिनिधि वडा सदस्य गोपाल थारुले भन्नुभयो । हाम्रो पालामा बजेट विनियोजन भयो अहिले हामी निवर्तमान भयो ठेकेदार कम्पनीले एकछिन डोजर लिएर काम गरेजस्तो गर्ने र भाग्ने गरेको छ उहाँले भन्नुभयो । ३५ लाख बजेट रहेको सडक निर्माण अझै अपुरो छ । ३ बर्षमा ४५० मिटर बाटो कालोपत्रे हुनुपर्नेमा १ मिटर पनि कालो पत्रे बन्न सकेन उनले भने ।

बैजनाथ गाउँपालिका वडा ७ पेडारीका वडाअध्यक्ष दिनेश थारुले भने ठेकेदारलाई सडक निर्माणको कामलाई छिटो अगाडी बढाउन निर्देशन दिएको जानकारी दिए । धेरै जसो निर्माण कम्पनीको जिम्मेवार व्यक्तिले फोन नउठाउने गरेको वडा अध्यक्ष दिनेश थारुले बताउनुभयो । बिएलएल निर्माण कम्पनीका गोपाल आचार्य ०७७ जेठमा सम्झौता भएको सडक निर्माण पालिकाले डिसिजन नदिदा ढिलाई भएको बताए ।
हामीले ग्राभेल हालेको ठाउँमा पालिकाले अर्को नाली निर्माणको सम्झौता ढिलाई गर्दा र नाली निर्माण गर्दा ग्राभेल हालेको ठाउँमा नाली निर्माण हुदा समस्या बल्झिएको गोपालले भन्नुभयो । तेश्रो पटकको सम्झौताको म्याद पनि ०८० असार १५ गते सकिएपनि काम अझै हुन नसकेको ठेकेदार आचार्यले बताए । । यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले भने ठेक्का पाएको कम्पनीबारे नियमसंगत कालो सुचीमा राख्ने प्रक्रिया अगाडी बढेको जानकारी दिए ।  काम राम्रोसंग नगर्ने र ढिलाई गर्ने कम्पनीको लिस्ट तयार हुदैछ कानुन अनुसार प्रक्रिया अगाडी बढेको छ अब त्यस्ता कम्पनीलाई कालो सुचिमा राख्ने पालिकाले निर्णय गरेको पालिका अध्यक्ष शाहीले बताए ।

Nabintech