१२ श्रावण २०८१, शनिबार
जबरजस्ती करणीको मुद्दा मिलापत्र गराउने ४ पक्राउ 


जबरजस्ती करणीको मुद्दा मिलापत्र गर्न दवाव दिने ४ जना लाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । कोहलपुर २ मा भएको बलात्कारको घटना मिलापत्र गराउने भन्दै १८ लाख लिएर घटना लुकाउन खोज्ने ४ जना लाई प्रहरीले पक्राउ गरेको हो । अन्य केही फरार रहको प्रहरीको भनाई छ ।

प्रहरी श्रोतका अनुसार  सो आरोपमा पवित्रा ढकाल , माया हमाल , रञ्जिता थारू , विजय पोख्रेल लाई पक्राउ गरेको हो । पीडित महिलाको उजुरीको आधारमा उनीहरू लाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरूले मुद्दा मिलाउने भन्दै आफुलाई जर्वरजस्ती १८ लाख  दिएको र सो रकम मध्ये ४ लाख मिलापत्र वापतको खर्च भन्दै उनीहरूले नै लगेको पीडित महिलाले दिएको  उजुरीमा  उल्लेख रहेको एक प्रहरीले जानकारी दिए ।

इलाका प्रहरी श्रोतका अनुसार मिलापत्र गर्न दवाव दिएको भन्दै अदालतमा मुद्दा दर्ता भई सकेको छ । अन्य केही फरार रहेको र उनीहरूको खोजी भई रहेको छ । बलात्कार आरोपी लाई पनि पक्राउ गरेर कार्यवाही प्रक्रिया अगाडि बढाएको प्रहरीको भनाई छ । प्रहरी श्रोतका अनुसार जेठमा बलात्कारको घटना घटेको हो ।

Nabintech