२६ बैशाख २०८१, बुधबार
कोहलपुरबाट बाघको छाला र हड्डीसहित ३ जना पक्राउ


बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, दैलेखको ठाटीकानडा गाउँपालिका वडा नम्बर ४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका वडा नम्बर ५ का नबीन कुमार कसेर, अछामको पन्चदेवल गाउँपालिका वडा नम्बर २ का टोपेन्द्र शाही रहेका छन् ।

नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुदैछ भन्ने सुचनाको आधारमा कोहलपुर नगरपालिका ११ स्थित पुर्ब पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा उक्त बाघको छाला र हड्डी फेला पारी उनीहरूलाई नियन्त्रण लिइएको हो ।

पक्राउ परेकाहरु लाई बन कार्यालयको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

Nabintech