१ जेष्ठ २०८१, मंगलवार
बैजनाथमा नेपाल स्वयंसेवी रक्तदाता समाजको उपशाखा गठन


बाँकेको बैजनाथ गाउँपालिकामा नेपाल स्वयंसेवी रक्तदाता समाजको उपशाखा गठन गरिएको छ । स्वयंसेवी रक्तदाताहरुको एक भेलाले बिहीबार बैजनाथ गाउँपालिकामा सुरेन्द्र बिकको अध्यक्षतामा ११ सदस्यीय उपशाखा समिति गठन गरिएको हो ।

बैजनाथ गाउँपालिका वडा नं २ डिगयास्थित वडा कार्यालयमा भएको सो भेलाले नवगठित समाजको उपशाखा उपाध्यक्षमा दिपक कार्की, सचिवमा सोनु सिंह बिक, कोषाध्यक्षमा उषा थापा र सहसचिवमा हेमन्त ओली चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा सपना ओली, बीर बहादुर थारु, सन्दिप खप्तडी, कृष्णा सिंह ठकुरी, सिताराम खत्री र गणेश खत्री रहनुभएको छ । भेलामा वडा नं २ का वडा अध्यक्ष राजु रुचाल ठकुरी, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोबिन्द वाग्ले, समाज बाँकेका सल्लाहकार पूर्णलाल चुके, कार्यसमिति सदस्य होमराज गिरी र रक्त संचार सेवा केन्द्र कोहलपुरका राजेन्द्र सिंह महतराको उपस्थिति रहेको थियो ।

यस्तै भेलाले दश जनालाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारमा वडा अध्यक्ष ठकुरी, प्रेम प्रसाद सुवेदी, शेर बहादुर बस्नेत, अगन मल्ल, यज्ञ पुन, एकता शाह, भूमिसरा थापा, सितादेवी बिश्वकर्मा, भूपाल शर्मा र राजेन्द्र जंग शाही रहनुभएको छ ।वडाअध्क्ष ठकुरीले समाजको हरेक आवश्यकतामा युवा शक्तिको जत्ति आवश्यकता देखिन्छ त्यतिकै आवश्यकता यो रक्तदान महाअभियानमा रहेको धारणा राख्नुभयो । खेर जाने रगतलाई सही समय र सही ठाउँमा खर्च गर्न सकिए अकालमै हुन सक्ने ज्यानको क्षतिलाई कर्म गर्न सकिने बताउनुभएको थियो ।

रक्तदान जस्तो सामाजिक कार्य अन्य कुनै हुन नसक्ने भएकाले रक्तदान कार्यमा युवा पुस्ता सहभागि हुनुपर्ने आवश्यकता देखिन्छ । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बाग्लेले समाज हुनका लागि जसरी सबैको आवश्यकता पर्छ त्यसैगरी एउटा मानिसको जीवनमा रगतको आवश्यकता रहेकोले युवा पुस्ता पछि हट्न नहुने धारणा राख्नुभएको थियो ।

समाजका सल्लाहकार चुकेले पैसा खर्च गरेर गरिने सामाजिक कार्यभन्दा बिना पैसाको सामाजिक कार्यका रुपमा रक्तदान रहेको बताउनुभयो । समाजका लागि युवा नेतृत्वको आवश्यकता रहेको र जीवन जोगाउन त्यही युवाको नियमित हुने रक्तदान बरदान हुने बताउनुभएको थियो ।

रक्तदान अभियानलाई महाअभियानका रुपमा बनाउन समाजले बाँकेका बिभिन्न क्षेत्र, स्थानीय तहमा तिब्रता दिएको छ । समाजको हालसम्म बाँकेको खुजुरा, जानकी, राप्तीसोनारी र बैजनाथमा उपशाखा गठन भइसकेको छ । भेलालाई समाज बाँकेका कोषाध्यक्ष मनमोहन बर्माले संचालन गर्नुभएको थियो ।

Nabintech