१२ श्रावण २०८१, शनिबार
नमुना वडा बनाउने दौडमा वडा अध्यक्ष पुन


गोपाल पुन नेपालगञ्जमा नयाँ नाम होइन । सामाजिक सेवा सँगै राजनीतिमा होमिएका पुन २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट नेपालगन्ज उपमहानगर पालिका वडा नं ४ मा वडा अध्यक्ष पदमा बिजयी भए । बिजयी भएको पहिलो १ वर्षे कार्यकाल सकिएको छ ।

विगत एक वर्षमा वडावासी लाई शिक्षा र स्वास्थ्य , स्वरोजगार सृजना लगायतका क्षेत्रमा उल्लेख्य काम गरेका छन । बिना धितो ऋण प्रभाव गरेर वडा वासी लाई स्वरोजगार बनाउने तर्फ जोड रहेको बताउँछन । उनले अघिल्लो वर्ष मात्रै २० जना लाई बिना धितो सहुलियत ऋण उपलब्ध गराएका उनले वडामा सञ्चालित कन्या विद्यालयमा अतिरिक्त कक्षाका रुपमा कक्षा ६ देखि माथिका छात्राहरू लाई सिलाई कटाई तालिम दिने गरेका छन । १२ कक्षा उतिण हुँदा उसले पूर्ण सीप पाओस भन्ने उद्देश्यले पढाई सँगै सिलाई तालिम समेत दिने गरेको उनी बताउँछन । सो कन्या विद्यालयमा झण्डै ५ सय छात्राहरू अध्ययनरत छन ।

यसको अतिरिक्त उनले १२ जना युवा युवती लाई ड्राइभिङ तालिम र बिभिन्न साझेदार संस्थाहरू सँगको साझेदारमा उपकरणहरू समेत बितरण गर्ने गरेको बताउँछन । नमुना वडा बनाउन उनले वडामा शहरी स्वास्थ्य प्रबन्धन केन्द्र सञ्चालन गरि एक एम बि बि एस डाक्टर नियुक्त गरेका छन । सो स्वास्थ्य प्रबर्द्धन केन्द्रमा अत्याधुनिक ल्याब समेत स्थापना गरिएको पुन बताउँछन । केन्द्रमा डा. र ल्याब बाहेक सुलभ मूल्यमा औषधी समेत दिने गरेको उनको भनाई छ । वडा वासी लाई सुलभ सेवा दिन र स्वास्थ्यमा पहुँच पुर्याउन वडा सरकारले १ वर्षको अवधिमा आखा , मुटुरोग , सुगर , बाल रोग , र मनोचिकित्साको शिविर समेत सञ्चालन गरिएको पुनको भनाई छ ।

३ हजार २ सय घर धुरि रहेको वडामा स्थाई र अस्थाई गरि २५ हजारको बसोवास रहेको पुन बताउँछन । निर्वाचन कार्यालयको रेकर्ड अनुसार ५ हजार ३ सय मतदाता रहेको वडामा रोजगार र व्यवसायको सिलसिलामा अस्थाई रुपमा बसोवास गर्ने गरेको पुन बताउँछन । ४० प्रतिशत पहाडी , ३५ प्रतिशत मुस्लिम र २५ प्रतिशत मधेसी र अन्य समुदायको बसोवास रहेको वडा बासिको मुख्य पेशा भने व्यापार रहेको पुन बताउँछन । यस बाहेक यहाँका मानिसहरू मजदुरी र स्वरोजगार मूलक व्यवसाय गर्ने गर्दछन् । आगामी वर्षको बजेटमा रोजगार र स्वरोजगार लाई प्राथमिकतामा राखेको बताउने पुनले खानेपानी ,ढल निकास र सडक पूर्वाधार पनि प्राथमिकतामा रहेको बताए ।

डेढ करोड वडाको बजेट सिलिङ रहेको बताएका वडा अध्यक्ष पुनले आय र सीप मूलक तालिम , लागूऔषध दुर्व्यसन नियन्त्रण बारे जनचेतना जगाउने लगायतका कार्यक्रम प्राथमिकता रहेको बताए । पढ्ने उमेरका बाल बालिक देखि उच्च शिक्षा अध्ययन गर्नेहरू लाई वडाको तर्फ बाट छात्रावृत्ति दिने गरेको उनको भनाई छ ।

Nabintech