२० बैशाख २०८१, बिहीबार
पारदर्शिता र सुसासन कायम गर्न प्रयास गरिरहेका छौ : अर्जुन सुबेदी प्रमुख प्रशासकिय अधिकृत, खजुरा गाँउपालिका


खजुरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले आफु पारदर्शिता र शुसासन कायम गर्ने अभियानमा रहेको बताएका छन । शुसासन कायम गर्नका लागी आफै परदर्शी हुनुपर्ने, खरिद प्रक्रियालाई परदर्शी बनाउनुपर्ने उनको बुझाई छ ।
कानुनसम्वत तरिकाले मात्रै हरेक योजनहरु अगाडी बढाने, डिजाईन स्टीमेट गरेर मात्रै कामहरु सुरुवात गर्ने गरेको उनले बताए । कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माण व्यवसायीमाहरु पनि मर्कामा परेको भन्दै उनले तिनलाई सहजीकरण गरीरहेको बताए ।
जेठ मसान्तसम्म वडास्तरका योजनाहरुको आधारमा आगामी बर्षको निती तथा कार्यक्रम र बजेट बढाईएको उनको भनाई छ । स्वमुल्याकन र शुसासनलाई प्राथमिकता दिने, जनतालाई पनि योजना बारे समयमै सुसुचित गराउँदै जवाफदेही बनाउने योजनामा आफुहरु रहेको उनले बताए ।
खजुरा गाँउपालिका कर्मचारी र जनप्रतिनिधी दुबै पारदर्शी र जवाफदेही बने सहजै शुसासन कायम हुने उनको भनाई छ । संघ र प्रदेशबाट सञ्चालन हुने योजनाहरु समयमा सम्पन्न नहुँदा समस्या परेको भन्दै सुबेदीले ति आयोजना कार्यन्यनमा पालिकाको भुमिका कम हुने हुँदा समस्या पैदा भएको बताउछन । संघ र प्रदेशबाट सञ्चालित कतिपय आयोजना अलपत्र हुँदा समस्या भएको उनले बताए ।
पालिकाको बजेटको पूँजिगत खर्च समय भन्दा अघी गरि सक्ने गरि काम गरि रहेको बताउदै उनले असार मसान्तमा बजेट सक्न गरिने कामले गुणस्तर निर्माण नहुने उनको बुझाई छ ।

आम सञ्चारकर्र्मी समेतको सल्लाह सुझावमा छिट्टै सञ्चारनिती निर्माण गरी खजुराको समग्र बिकास र शुसासन कायम गर्न सञ्चार क्षेत्रलाई साथमा लिएर अगाडी बढ्ने आफ्नो योजनामा रहेको सुबेदीले बताए ।

Nabintech