२७ बैशाख २०८१, बिहीबार
राप्ती नदिमा कटान र रोक्न तटबन्ध निर्माण सुरु , नमुनाद्धारा अनुगमन


राप्ती नदिको बिभिन्न स्थान राप्ती नदिको कटान रोक्नका लागी आकस्मिक कोष मार्फत तटबन्ध निर्माणको काम सुरु गरिएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले दिएको जानकारी अनुसार बाँके  राप्तीसोनारी– २ कचनापुरको मधुवा , वडा नम्बर– ७ को खल्ला झगडिया, नरैनापुर– ५ को भोज भगवानपुर लगायतका स्थानमा तत्काल तटबन्धको लागि संघीय सरकारबाट २ करोड रुपैयाँ प्राप्त भएको  छ । कचनापुर , खल्ला झगडिया लगायतका अति जोखिम स्थानमा तत्काल काम सुरु भएको उनले बताइन् ।

जनताको तटबन्ध कार्यक्रम लमही दाङ मार्फत काम अगाडि बढिसकेको उनको भनाई छ । उनले आकस्मिक कोस मार्फत बजेट छुट्याइएकोमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत , अर्थमन्त्री डा प्रकाश सरण महत लाई हार्दिक धन्यवाद समेत दिइन । तत्काल २ करोड रकमले काम गर्दै जाने अपुग रकम थप दिने समेत प्रतिबद्धता प्राप्त भएको नमुनाको भनाई छ । यस बिच लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा के. सी नमुनाले राप्ती सोनारी  २ कचनापुर क्षेत्रमा निर्माण भइरहेको तटबन्धको अनुगमन गरेकी छन ।

हालै मात्र उक्त क्षेत्रमा स्थानीयको खेतियोग्य ३० बिघा बढी जमिन राप्ती नदीले कटान गरिसकेको छ । राप्ती सोनारी र नरैनापुर गाउँ पालिकाको ९ वटा जोखिम क्षेत्रमा तटबन्धको काम भई रहेको सांसद नमुनाको भनाई छ ।

अघिल्लो वर्षको बाढीले सो स्थानमा निर्माण गरिएको तटबन्ध नदिले भत्काए पछि आकस्मिक काम सुरु गरिएको नमुनाले बताइन । 

Nabintech