१२ श्रावण २०८१, शनिबार
खजुराको १३ औं गाउँसभाले नीति तथा कार्यक्रम पारित


नेपालगन्ज स्खजुरा गाउँपालिकाको १३ औं गाउँसभाले विभिन्न नीति तथा कार्यक्रम २०८०/८१ पारित गरेको छ ।

सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक ९तुफान०ले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

पालिका अध्यक्ष बिकले प्रस्तुत गरेको खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम २०८०/८१ सर्वसम्मत पारित भएको हो ।

अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँसभाका सदस्यहरुले आ आफ्नो राय राखेका थिए ।

पालिका अध्यक्ष बिकले प्रस्तुत गरेको खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम २०८०/८१ मा क्षेत्रगत नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

क्षेत्रगत रुपमा पेश गरिएको शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, भौतिक पुर्वाधार , कृषि सम्बन्धी, पशुसेवा, राजस्व र बित्तीय ब्यवस्थापन सम्बधित नीति तथा कार्यक्रम, कृषि तथा पर्यटन सम्बन्धी, खानेपानी तथा सरसफाइ, बन बाताबरण तथा बिपद ब्यवस्थापन, उद्योग, व्यापार, घरेलु तथा साना उद्योगका सम्बन्धमा, सहकारी, लैङ्िगक समानता तथा सामाजिक समावेशीकरण निति, सामाजिक सुरक्षा, गरुबी निवारण तथा रोजगार, भुमिनिती तथा भुमिहिनको ब्यवस्थापनको सम्बन्धमा, गौरसरकारी संस्था र समन्वय तथा सहकार्यको सम्बन्धमा विभिन्न नीति तथा कार्यक्रम पारित भएका छन् ।

खजुरा गाउँपालिकाले असार १० गते बजेट ल्याउन लागेको छ ।

Nabintech