१२ श्रावण २०८१, शनिबार
बैजनाथ ७ का स्थानीयद्धारा पालिका घेराउ


बैजनाथ गाउपालिका वडा नं ७ पेडारीमा निर्माण भई रहेको बाटोको काम अलपत्र पारेको भन्दै वडा बासि आन्दोलित भएका छन ।

एक आर्थिक वर्ष भित्र सक्नु पर्ने काम ३ वर्ष सम्म सम्पन्न नगरको भन्दै वडावासीले पालिका घेराउ समेत गरेका छन । आचार्य कन्ट्रक्सनका सञ्चालक गोपाल आचार्यले निर्माणको जिम्मा लिएको भएपनि काम पुरा हुन नसकेको हो ।

पालिका घेराउ पछि स्थानीय बासिन्दा सँग  कुरा गर्दै बैजनाथ गाउँ पालिकाका प्रमुख प्रकाश शाहीले ठेकेदार कम्पनीले हप्ता दिन भित्र निर्माण सम्पन्न नगरे सो निर्माण कम्पनी लाई कालो सुचीमा राख्ने प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाए । उनले ठेकेदार कम्पनीले बिभिन्न कारण देखाउदै काम सम्पन्न नगरेको भन्दै हप्ता दिन भित्र सम्पन्न गर्न निर्देशन दिएको बताए । 

पालिकामा हुने विकासका काममा हुने ढिला सुस्ती विरुद्ध निर्मम भएर कार्यवाही प्रक्रियामा लाग्ने पालिका अध्यक्ष शाहीको भनाई थियो । 

आचार्य कन्ट्रक्सनले  बैजनाथ पेडारीमा  ४५० मिटर सडक कालोपत्रे गर्ने गरि ३ वर्ष अघि ठेक्का सम्झौता गरेको थियो ।

Nabintech