२३ बैशाख २०८१, आईतवार
त्रिभुवन नमुना माविले प्राविधिक तर्फको सिभिल इन्जिनियर कक्षा सञ्चालन गर्ने


कोहलपुर १० मा रहेको त्रिभुवन नमुना उच्च माविले प्राविधिक शिक्षा तर्फ तिन वर्षे डिप्लोमा ईन सिभिल इन्जिनियर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्कुल व्यवस्थापन समिति अध्यक्ष रतन बहादुर बुढाले यस वर्ष देखि कक्षा सञ्चालन गर्ने गरि सिटिइभिटी बाट सम्बन्धन पाएको जानकारी दिए । उनले यस क्षेत्रका विद्यार्थीले सहुलियत शुल्कमा  डिप्लोमा तहको ३ वर्षे सिभिल इन्जिनियरिङ पढ्न पाउने बताए । विद्यालय व्यवस्थापन समिति सदस्य नरेश अर्यालले एस. ई. ई. उत्रिर्ण ४८ जना विद्यार्थी लाई सिभिल इन्जिनियरिङ पढाइने छ ।

उनले सो पढाईका लागी तिन वर्षमा ४० हजारका दरले जम्मा १ लाख ६० हजार शुल्क लाग्ने बताए । यस अघि त्रिभुवन नमुना उच्च माविले डिप्लोमा तहको कम्युप्टर इन्जिनियर कक्षा सञ्चालन गर्दै आएको छ । त्रिभुवन नमुना बाहेक कोहलपुर १२ मा रहेको जन ज्ञान ज्योति मावि चप्परगौडीले पनि डिप्लोमा ईन सिभिल इन्जिनियर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Nabintech