२३ बैशाख २०८१, आईतवार
सामुदायिक विद्यालय बन्द 


सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा लगायतका माग राख्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले बाँकेका सामुदायिक बन्द गराएको छ ।

विद्यालय कर्मचारीहरू बिहानै देखि विद्यालयको मूल गेटमा तला लगाएर विद्यालय बाहिर धर्नामा बसेका छन । गत जेठ २० गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीको माग सम्बोधन नहुँदासम्म तालाचाबी विद्यालयमा बुझाएर बिरोध जनाएका कर्मचारीहरूले आज देखि अनिश्चितकालसम्म विद्यालय बन्द गराएका हुन । आन्दोलनका कारण बिहान सञ्चालन हुने उच्च माध्यामिक तहको कक्षा रोकिएको विद्यार्थीहरूले बताए । कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयको बिहानी कक्षा रोकिएको ति विद्यार्थीले जानकारी दिए ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा लगायतका विषयलाई गत जेठ १५ गते नेपाल सरकारको नीति तथा कार्यक्रमले सार्वजनिक बजेटमा सम्बोधन नगरेको भन्दै आन्दोलित भएका हुन ।  । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष कृष्ण कुवँरले केन्द्रिय निर्देशन अनुसार बाँकेमा पनि विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएको बताए । गत जेठ २६ गतेसम्म पालिका र जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिएका थिए ।

नेपाल सरकारको नीति तथा कार्यक्रमले ‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा लगायतका विषयलाई सम्बोधन गरिनेछ’ भनेर उल्लेख गरेको तर, गत जेठ १५ गतेको बजेटले हाम्रा माग सम्बोधन नभएपछि आन्दोलित भएको उनीहरूले बताएका छन ।

Nabintech