१२ श्रावण २०८१, शनिबार
खजुरामा शहिद परिवारबाट ‘शहिद पार्क’को शिलान्यास


खजुरा गाउँपालिकाको वडा नम्बर ३ जनता नमुना माविमा शहिद पार्कको शिलान्यास गरिएको छ ।

बिहिवार एक औपचारिक कार्यक्रमका बीच शहिद परिवार तथा पुर्व वडाअध्यक्ष कान्तुराम गौतम र साबित्री आचार्यले खजुरा गाउँपालिकाको वडा नम्बर ३ जनता नमुना माविमा शहिद पार्कको शिलान्यास गरेका हुन् ।

खजुरा गाउँपालिकाको वडा नम्बर ३ जनता नमुना माविमा शहिद पार्कको शिलान्यास गरे संगै निर्माणको काम तिब्र गतिमा अघि बढाइएको छ ।

खजुरापालिकाले शहिद पार्कमा शहिदको प्रतिमा निर्माणको लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

शहिद पार्क निर्माणका लागि शहिदहरुको प्रतिमा बनाउन शुरु भइसकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक (तुफान) ले बताएका छन् ।

उनले भने शहिदको प्रतिमा निर्माण कार्य अगाडी बढेको छ, शहिदहरुको प्रतिमा निर्माण भएपछि शहिद पार्कमा ल्याएर स्थापना गर्ने हो।’

स्थानीय उपभोक्ता समितिमार्फत निर्माण भइरहेको उक्त शहिद पार्कलाई बर्षेनी व्यवस्थित गर्दै जाने गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताए ।

गाउँपालिकालाई पर्यटकीय दृष्टिकोणबाट पनि चिनाउन तथा रमणीय बनाउन शहिदपार्क निर्माणको काम शुरु गरिएको अध्यक्ष विकले जानकारी दिनुभयो ।

निर्माणाधीन पार्कमा डम्बर रानाभाट, प्रतिमा गौतम, अमननाथ अधिकारी, जनता नमुना विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष कर्ण बहादुर थापा, संस्थापक प्रअ मोहनलाल श्रेष्ठको शालिक निर्माण हुने भएको छ ।

Nabintech