१२ श्रावण २०८१, शनिबार
कोहलपुरमा देखिएका भूमि समस्या समाधानका लागी प्रधानमन्त्रीको ध्यानाकर्षण 


कोहलपुर क्षेत्रमा देखिएका भूमि समस्या समाधानका लागी संघीय राजधानी  पुगेको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) सँग भेट गरेको छ । सर्वदलीय टोलीका सदस्य माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले प्रधानमन्त्री प्रचण्ड सँग भेट गरि भूमि आयोगको काममा बन ऐनका कारण परेको समस्या बारे जानकारी गराउँदै समस्या समाधानका लागी आग्रह गरेको जानकारी दिए ।

कतिपय वडाहरूमा नाप जाँच भई पुर्जा तयारी भई सकेको अवस्थामा बन ऐनका कारण पुर्जा बितरण रोकिएको बारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको थियो । भूमि ऐनमा १० वर्ष बसेका भूमिहीन दलित , भूमिहीन र अव्यवस्थित बसोवासी लाई पुर्जा दिने उल्लेख भएपनि बन ऐनका कारण समस्या पैदा भएको छ । यस्तै टोलीले मुक्त कमैयाले पाएको जग्गाको पूर्ण स्वामित्व कायम नभएको , उनीहरूले उपभोग गरेपनि बैक तथा वित्तिय संस्थामा  धितो लगायतका काम गर्न नपाएको भन्दै पूर्ण स्वामित्व दिन आग्रह गरिएको नेता न्यौपानेले जानकारी दिए ।

यस्तै टोलीले राष्ट्रिय निकुञ्ज घोषणा हुनु भन्दा पहिले बसेका बस्तीहरू लाई बफर एरिया परेर जग्गा नापजाँच गर्न नदिएको बारे पनि ध्यानाकर्षण गराएको छ । कोहलपुरबाट गएको सो टोलीले अर्थ मन्त्री , बन मन्त्री , भूमिसुधार , शहरी विकास मन्त्री , कानुन मन्त्री लगायत सँग पनि भेट गरी समस्या समाधानका लागी ध्यानाकर्षण गराएको छ । टोलीले भोलि गृहमन्त्री र उर्जा मन्त्री लाई भेटने नेता न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भूमि समस्याको समाधान आफ्नो सरकारले गर्ने भन्दै बाझिएका ऐन संसोधन गर्ने तयारी भई रहेको जानकारी दिए । उनले मुक्त कमैयाका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाए । 

Nabintech