२ जेष्ठ २०८१, बुधबार
शिक्षण अस्पताल कोहलपुरका सरसफाईकर्मी आन्दोलित


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत सरसफाई कर्मचारीहरु आन्दोलित भएका छन । आफू सङ्गै क्लिनरमा काम गर्ने ९ जना कर्मचारिलाई विभिन्न फाटमा करार नियुक्ति दिईएको भन्दै उनिहरु आन्दोलित भएका हुन ।

२०६५ साल देखि हाल सम्म निरन्तर दैनिक ८ घण्टा काम गरिरहेका लाई अपहेलित गर्दै कुनै बिज्ञापन नगरी आफ्ना नजिकका लाई नियुक्ति दिदा आफुहरु धर्नामा बस्न बाध्य भएको सरसफाईकर्मी मान बहादुर बस्नेतले बताए ।

आफुहरुलाई करार नियुक्ति दिनुपर्ने, उमेर हदबन्दी हटाउनु पर्ने लगाएतका विभिन्न मागहरु राख्दै एक हप्तादेखी आन्दोलनरत रहेको सरसफाईकर्मी सुनिता केसिले बताईन ।

अस्पताल प्रशासनले सरसफाइ कर्मचारिलाई करार नियुक्ति नदिदा सम्म आन्दोलन जारी रहने उनिहरुको भनाई छ ।
सरसफाईमा काम गर्ने ५१ जना सरसफाई कर्मी अहिले आन्दोलनरत छन ।

क्लिनर र हेल्परहरु ठेक्का मार्फत हुने भएकोले ९ जनालाई नियुक्ति दिएको हो । उहाहरुको मागहरु मङलबार सम्म सुनुवाइ गरिने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका उप निर्देशक स्याम कुमार शर्माले बताए ।

Nabintech