२३ बैशाख २०८१, आईतवार
स्कुल बन्दको विकल्प खोजौँ : प्रिन्सिपल फादर जोमन जेम्स 


जीवन ज्योति स्कुल कोहलपुर १० का प्रिन्सिपल फादर जोमन जेम्सले गर्मीका कारण  विद्यालय बन्द गर्न नहुने बताएका छन ।

सञ्चारकर्मी सँग कुराकानि गदै प्रिन्सिपल जोमनले गर्मी छल्नका लागी विकल्प छनोट गर्नु पर्नेमा बिना विकल्प स्कुल बन्द गर्नु गलत भएको बताए । उनले बिहान ६ देखि ११ बजे सम्म विद्यालय खोल्न सकिने भन्दै त्यसो नगरी सरोकारवाला सँगको छलफल बिना विद्यालय बन्दको सूचना जारी गरिएको गुनासो गरे । उनले साना कक्षाका बाल बालिका लाई घरमै राखे पनि ६ देखि माथिका कक्षाहरू बिहानको समयमा सञ्चालन गर्नु पर्ने सुझाव दिए ।

नगर शिक्षाले सरोकारवाला सँगको छलफल बिना विद्यालय बन्दको सूचना जारी गरिएको उनको भनाई छ । फादर जोमन जेम्सले नगर शिक्षाले असान्दर्भिक समयमा शैक्षिक छात्रावृत्तिको कुरा निकालेको समेत बताए । आफ्नो विद्यालयले चैत्र महिनामै छात्रावृत्तिको टुगोँ लगाएको उनको भनाई छ ।

४० प्रतिशत छात्र छात्रा  लाई छात्रवृत्ति दिइएको बताउँदै उनले पावरवाल भनिएकाहरूले छात्रवृत्तिका लागी दबाब दिने गरिएको गुनासो गरे । आफूले पावरवाला भन्दा विपन्न लाई छात्रवृत्ति दिने गरेको उनको भनाई छ ।

अत्याधिक गर्मीका कारण भन्दै बाँके जिल्लाका आधिकांश पालिकाका विद्यालयहरू सोमवार देखि बन्द गरिएको छ । कोहलपुर नगर शिक्षाले एक सूचना जारी गर्दै ३० गते सम्मका लागी बन्द लम्बाइएको छ । 

Nabintech