३० कार्तिक २०८१, शुक्रबार
नेपालगन्ज ४ मा नाला सफाइ सुरु


वर्षातको समयमा हुन सक्ने डुबान लाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा नाला सफाइ को काम सुरु गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले दिएको जानकारी अनुसार वर्षातमा हुन सक्ने डुबान लाई मध्यनजर गर्दै नाला सफाइ सुरु गरिएको हो । अध्यक्ष पुनले ४ नं वडा डुबानको जोखिम क्षेत्र रहेको भन्दै आगामी दिनमा नियमित नाला सफाइ र थप नाला हरू निर्माणमा जोड दिइने समेत जानकारी दिए । नाला सफाइका लागी थप जनशक्ति र आवश्यक बजेट समेत बिनियोजन गरिएको पुनले बताए ।

नाला सफाइ को कामको वडा अध्यक्ष र वडा सदस्यहरूले प्रत्यक्ष अनुगमन गरि रहेको वडा सदस्य सलीम मुसलमानले बताए । डुबान र विपत व्यवस्थापनका लागी समेत वडा पूर्ण रुपमा तयारी गरिएको वडा सदस्य उत्तमसिंह सिजापतिले जानकारी दिए । वडा महिला सदस्य रुमीता देवकोटाले सम्भावित विपत लाई मध्यनजर गर्दै पूर्व तयारीका काममा कुनै कसर बाँकी नराखिने बताइन । 

Nabintech