६ जेष्ठ २०८१, आईतवार
बाँकेमा भएको सवारी दुर्घटनामा २ को ज्यान गयो


बाँकेको राप्ती सोनारी ८ मा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

पूर्व बाट पश्चिम तर्फ आँउदै गरेको कार र पूर्व तर्फ जादै गरेको बस एक आपसमा ठोकिदा ब १३ च ८२५३ कारमा सवार रूपन्देही बुटवल उपमहानगर पालिका वडा नं ५ निवासी ५४ बर्षिय डा. सन्जु खाती र कार चालक गोरखाका ३७ बर्षिय सुवास अधिकारी को घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

मे १ ख  ३३३५ नंको बस पूर्व जादै गरेको अवस्थामा राप्ती सोनारीआर्मी ब्यारेकको पूर्व एक आपसमा ठोकिएका थिए । बसमा यात्रा गर्नेहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

Nabintech