२ जेष्ठ २०८१, बुधबार
प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले सुनिताको नि:शुल्क उपचारको व्यवस्था मिलाए


नेकपा माओवादी केन्द्रका युवा नेता एवं प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) को स्वकीय सचिव रमेश मल्लले सल्यान कुमाख ७ जिमालीकी सुनिता बोहराको निशुल्क उपचारको व्यवस्था मिलाएका छन ।

मंगलबार ट्रमा सेन्टर पुगी डाइरेक्टर डा रुद्र मरासिनी र अस्पताल प्रशासन सँग भेट गरी मल्लले बिरामीको अवस्था बारे जानकारी लिदै निशुल्क उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन । । उनले इमर्जेन्सीमा भएको बिरामीलाई भर्ना गरि निशुल्क उपचार व्यवस्थापन गरेका हुन । बिरामीको श्रीमान राजेश मगरलाई सान्त्वना प्रदान गर्दै आफ्नो तर्फबाट उपचार सहयोग रकम समेत हस्तान्तरण गर्दै सरकारको तर्फबाट थप सहयोगको वचन दिएको मल्लले बताए ।

सल्यान स्थाई घर भएका मल्ल हाल माओवादी केन्द्रका प्रभावशाली युवा नेता हुन । गएको असोज १५ गते सल्यानको जिमालीमा भएको जिप दुर्घटनामा घाईते भएकी सुनिता बोहोराको उपचारको माग गर्दै उहाँका श्रीमान राजेश पुन मगर श्रीमती बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । यातायात व्यवसायी समितिले दुर्घटनाबाट घाईते सुनिताको उपचार खर्च बेहोरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको छ । श्रीमतीको उपचारमा अहिलेसम्म २५ लाख रुपैयाँ खर्च भैसकेको श्रीमान राजेशले बताए ।

आफू सँग भएको पैसा पनि सकिसक्यो । यातायात समितिलाई पटक पटक जानकारी गराउँदा पनि उपचारमा खर्च नदिएको उनले बताए । यातायात समितिले वास्ता नगरेको र गाडी धनी अहिले सम्म फरार छन । असोज १५ गते कुमाख गाउँपालिका ७ डुमकोट बाट खैरावाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने सुनिता सहित १९ जना घाईते भएका थिए । जस मध्ये सुनिता गम्भिर घाईते भएकी थिइन् ।

उनलाई हेलिकप्टरमा नेपालगञ्ज लागेपनि उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको थियो । त्यहाँ उनको ३ महिनासम्म उपचार गर्दा लाखौँ रुपैयाँ खर्च भयो तर सन्चो भएन । ‘गम्भिर घाईते भएकी सुनिताको दुबै हातखुट्टा नचल्ने र बोल्न नसक्ने अवस्था छ, सबै निकायलाई गुहारे, सहयोग मागे तर पनि पनि कुनै निकाय बाट सहयोग पाउन नसकेको उनले बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको समन्वयमा उनलाई उपचारका लागी काठमाण्डौं लगिएको हो । 

Nabintech