१५ बैशाख २०८१, शनिबार
बजेट भाषण:कृषिमा हालसम्मकै धेरै बजेट


सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष  २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।

यस्तो छ पछिल्लो १० वर्षको कृषि क्षेत्रको बजेट

आव २०७०/७१ –२१ अर्ब ४० करोड
आव २०७१/७२ –२३ अर्ब २८ करोड
आव २०७२/७३ –२१ अर्ब ५१ करोड
आव २०७३/७४ –२७ अर्ब ४३ करोड
आव २०७४/७५ –२४ अर्ब २६ करोड
आव २०७५/७६ –२९ अर्ब ९४ करोड
आव २०७६/७७ –३४ अर्ब ८३ करोड
आव २०७७/७८ –३७ अर्ब ४० करोड
आव २०७८/७९ –४५ अर्ब ०५ करोड
आव २०७९/८० –५५ अर्ब ८९ करोड

यी हुन् कृषि बजेटका प्रमुख विशेषताः

पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट ५८ अर्ब ९८ करोड बजेट विनियोजन ।
जीडीपीमा कृषि क्षेत्रको योगदान बढाइने ।
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने ।
१०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने ।
रासायनिक मलमा दोब्बर बजेट ।
मल, बिउ र बिमा बाहेकका सबै कृषि अनुदान अब उत्पादन पछि मात्रै ।
धरान, सिन्धुली, धनुषा, सिरहा र सुर्खेतका थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने ।
उत्कृष्ट किसानलाई कृषकलाई ‘राष्ट्रपति उत्कृष्ठ किसान’ सम्मन दिइने ।
एक सय स्थानिय तहमा पोषिलो घाँसे बाली विकास गरिने ।
कृषिमा पनि युवा स्टार्टअब विकास गरिने कृषिमा युवा परिचालन गर्न एक अर्ब २० करोड बजेट ।
कृषि बीमामा बजेट विनियोजन ।
किसानको बाली बाँदर लगायतका जंगली जनावरबाट बचाउन तारबार गर्न बजेट बिनियोजन ।

Nabintech