१३ बैशाख २०८१, बिहीबार
बैजनाथले सरसफाइ गरेर मनायो गणतन्त्र दिवस 


बैजनाथ गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा बाँके बर्दियाको सिमाना मानखोला समसान घाट क्षेत्र सरसफाइ गरेर बैजनाथ गाउँपालिकाले गणतन्त्र दिवस मनाएको छ।

उक्त सरसफाइ कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय बैजनाथ २ का वडा अध्यक्ष राजु रुचाल ,बैजनाथ ४ का अध्यक्ष प्रेम बहादुर शाही ,बैजनाथ ५ का अध्यक्ष देब बहादुर रावत बैजनाथ ६   का अध्यक्ष भुपाल पुन मगर लगाएत नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि बैजनाथ ६ का निवर्तमान वडा अध्यक्ष भद्र बहादुर बस्नेत सम्झना बजार व्यवस्थापन समिति अध्यक्ष धन बहादुर बूढा, स्थानीय समाजसेवी कुल बहादुर सुनार लगायत कर्मचारी जनप्रतिनिधि स्थानीय लगायतको उपस्थिति रहेको थियो । 

सरसफाइ कार्यक्रम मार्फत बाँके बर्दियाको सिमानामा रहेको मानखोला घाट को चारैतिर सरसफाइ गरेर जम्मा भएको फोहोर बस्तुलाई आगो लगाएर नष्ट गरिएको थियो। नेपालमा संघीयता ल्याउन गणतन्त्रले खेलेको मुख्य भूमिका र विभिन्न काल खण्डमा देशका निम्ति आफ्नो ज्यानको बलिदान दिएका बिर सहिदहरु प्रति उच्च सम्मान गर्दै सहिद हरुको सपना साकार पार्ने र यो गणतन्त्रलाई जीवित राख्न स्थानीय सरकारले गर्नुपर्ने सबै काम गरिने प्रतिबद्धता जाहेर गर्दै गणतन्त्र दिवसको आम बैजनाथ बासि आमा बुवा दिदीबहिनी दाजुभाइ शिक्षक विद्यार्थी व्यापारी समाजसेवी राजनैतिक दल लगायत आम स्थानीय बासि नागरिकहरूलाई गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै पालिका अध्यक्ष शाहीले कार्यक्रम समापन गर्नुभएको बैजनाथ गाउँपालिका सूचना अधिकारी तप्तराज आचार्यले जानकारी दिनुभयो ।

Nabintech