१२ बैशाख २०८१, बुधबार
बाँके प्रहरीको फरार सुचिमा रहेका असलम भाट पक्राउ


नेपालगन्ज / खजुरा गाउँपालिका वडा नम्बर ७ का असलम भाटलाई लेनदेन मुद्दामा बाँके प्रहरीले पक्राउ गरेकाे छ।
प्रहरीकाे फरारा सुचिमा रहेका भाटलाई बाँके प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर ७ काे उनकै घरबाट पक्राउ गरिएकाे बाँके प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला अदालत बाँकेले लेनदेन मुद्दामा भाटलाई दुई बर्ष अगाडि दोषी ठहर गर्दै २ बर्षकाे कैदसजाय सुनाएकाे थियो ।
खजुरा वडा नम्बर ७ का भाट विवादित ब्यक्तिको रुपमा चिनिन्छन ।

Nabintech