१३ बैशाख २०८१, बिहीबार
नरैनापुरमा माओवादीको संगठन बिस्तार अभियान


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )नरैनापुरले दुई महिने संगठन शुद्धिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सञ्चालन गर्ने भएको छ । बुधवार सम्पन्न पालिका समितिको बैठकले पार्टी सदस्यता नवीकरण , वडा समितिहरू गठन र पुनर्गठन लगायतका कामहरू गरिने नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष साबिर अलि मुकेरीले बताए । 

बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले नरैनापुर पार्टी कमिटी लाई संगठन बिस्तार अभियान लाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गरिन । उनले माओवादी केन्द्रको प्राथमिकतामा नरैनापुर रहेको समेत बताइन । 

कार्यक्रममा अर्का केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले नरैनापुर र बघौडा क्षेत्रको विकासका लागी माओवादी केन्द्रले पहल कदमी लिएको बताए । उनले दुर्गम क्षेत्रको समान विकास गर्न पार्टीले पहलकदमी लिने बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डेले नरैनापुर क्षेत्रको विकासको नेतृत्व माओवादीले लिई रहेको बताउँदै थप विकासका लागी भूमिका खेल्नका लागी जुझारु संगठन आवश्यक रहेको बताए । उनले अभियानले  एक जुझारु संगठन निर्माण गर्ने समेत बताए ।

नरैनापुर सम्म पुग्ने बाटो , बिजुली , राप्ती नदि कटान तथा डुबान नियन्त्रण आफ्नो पार्टीको पहलकदमिमा सम्पन्न भई सकेको बताए । उनले कृषि उद्योगको रुपमा नरैनापुर लाई विकास गरि रोजगरी सृजना गर्न केन्द्र र प्रदेश सरकार सँग योजनाहरू माग भएको समेत बताए । बैठकले संगठन निर्माण र शुद्धिकरण , पार्टी सदस्य नवीकरण र बितरण का साथै नरैनापुरको विकास लागी सुझाव संकलन गरि केन्द्र र प्रदेश सरकार सँग बजेट माग गर्ने लगायतका निर्णय गरेको छ ।  

उक्त बैठकमा माओवादी केन्द्रका नेताहरू दामोदर अधिकारी , सव्बीर खाँ लगायत गाउपालिका समिति र वडा समितिका नेताहरूको सहभागिता थियो । 

Nabintech