१३ बैशाख २०८१, बिहीबार
अधिकारीले अनाथ बाल बालिकाहरुका लागि स्कुल पोषाक वितरण गरे


कोहलपुर(बाँके) कोहलपुरका ब्यबसायी एबं समाजसेवी गोपाल अधिकारीले अनाथ बाल बालिकाहरुका लागि स्कुल पोषाक वितरण गरेका छन ।

समावेशि बिद्यालय बैजनाथ ४ का आठ जना स्कुले वालवालिकाहरुलाई एक कार्यक्रमका बिच पोषाक वितरण गरिएको हो ।

न्यु अधिकारी फेन्सि एण्ड सु सेन्टर पसलका सञ्चालक समेत रहेका अधिकारीले सामाजिक उत्तरदायित्व बोध गर्दै बिद्यालय पोषाक बितरण गरेको जनाएका छन । अधिकारीे कपडा ब्यबसायी संघ कोहलपुरका महासचिव तथा ने.क.पा. माओबादि केन्द्र कोहलपुर ३ का वडा कमिटी अध्यक्ष समेत हुन ।

Nabintech