६ जेष्ठ २०८१, आईतवार
सवै भ्रष्टाचारी लाई ठेगान लगाएरै छाड्छु : गृहमन्त्री श्रेष्ठ


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवै भ्रष्टाचारी लाई ठेगान लगाएर छाड्ने बताएका छन। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा प्रेस सेन्टर नेपाल गोरखा जिल्ला समन्वय समितिको बार्षिक साधारण सभा लाई सम्बोधन गर्दै श्रेष्ठले जो कोही भ्रष्टाचारी लाई ठेगान लगाएरै छाड्ने बताएका हुन।

होटेल गोरखा प्यालेस गोरखामा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले फाइल पल्टाउदै जाँदा भ्रष्टाचार गरेको देखिए समातेर छानबिन गरिहाल्ने श्रेष्ठको भनाइ रहेको छ। भ्रष्टाचार गर्नेहरुका लागि शुन्य सहनशीलता लाग्दै सुरक्षा निकाय लाई निर्धक्क भएर अगाडि बढ्न निर्देशन दिएको श्रेष्ठले बताए । आम सन्चार जगत र प्रेस स्वतन्त्रताको सवालमा प्रेस सेन्टरको भूमिका अतुलनीय रहेको जिकिर गरे।

सन्चार क्षेत्रको विकास र विस्तारमा समेत वर्तमान सरकार सकारात्मक रहेको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विश्नु सापकोटा जुगल लगायत गण्डकी प्रदेशका सवै जिल्लाका अध्यक्षहरुले बोलेका थिए ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य नेकपा माओवादी केन्द्र गण्डकीका सचिव जगन्नाथ खनाल र सन्चालन प्रेस सेन्टर नेपाल गण्डकीका महासचिव सन्तोष गौतमले गरेका थिए ।

Nabintech