१२ श्रावण २०८१, शनिबार
राप्ती क्षेत्रमा काठ तस्करी


बाँकेको राप्तीपारि क्षेत्रमा रहेको वन जङ्गलबाट पछिल्लो समय काठ चोरी तस्करी बढेको छ । तस्करहरूले काँचो साल, सिसौं, खयर लगायत जातका रुख कटान गरी तस्करी गर्दै आएका छन् । तस्करहरूले प्रहरी प्रशासन र वन कर्मचारीकै संरक्षणमा दिनदहाडै रुख कटान गरी राति तस्करी गर्ने गरेका छन् ।

उनीहरूले जङ्गलभित्रै रुख कटान गरी त्यसको गोलिया बनाएर तस्करी गरिरहेका हुन्छन् । बन कर्मचारीकै मिलेमतोमा प्रहरी चौकी कम्दी र प्रहरी चौकी फत्तेपुर ९ख०ले लाइन दिएपछि जिल्लाको राप्तीसोनारी र नरैनापुर क्षेत्रबाट रात परेपछि नेपालगन्जतर्फ अवैधरुपमा काठ तस्करी हुँदै आएको छ ।

‘सूचना दियो भने प्रहरीले नियन्त्रणमा लिएर बन कार्यालयलाई बुझएजस्तो गर्छ,’ एक जना स्थानीय भन्छन्, ‘बन कार्यालयमा लिएजस्तो गरेर अवैध काठ तस्करकै जिम्मामा जान्छ ।’ त्यसो त काठ तस्करीको सूचना दिने व्यक्तिलाई डिभिजन बन कार्यालयका प्रमूख र कर्मचारीहरुले थर्काउँदै गालीगलौचमा उत्रिने गरेका छन् ।

जिल्लाका सबैजसो स्थानबाट छिटफुट काठ चोरी तस्करी हुने गरेको भए पनि फत्तेपुर र कन्दी हुँदै व्यापक मात्रामा काठ तस्करी हुने गरेको एक जना काठ व्यवसायीले बताए । ती काठ व्यवसायीले भने, ‘यहाँ छुट्टाछुट्टै समूह बनाएर रुख काट्ने औजार लिएर दिनभरि रुख कटान गरी रात परेपछि ओसार्छन् ।’

राप्तीसोनारी र नरैनापुर क्षेत्रमा पर्ने सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी अत्यधिक बढेको छ । काठ तस्करीमा अधिकांश स्थानीयकै संलग्नता छ । उनीहरू प्रहरी प्रशासन र बन कर्मचारीकै मिलेमतोमा ती क्षेत्रका जङ्गलबाट विभिन्न प्रजातिका बहुमूल्य काठहरू कटान गरी तस्करी हुँदै आएको छ ।

रातीको समयमा ट्याकटरमा लोड गरी नरैनापुर क्षेत्रबाट राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर, राप्ती पुल, डुडुवा गाउँपालिकाको कम्दी हुँदै नेपालगन्ज तथा कोहलपुरसम्म पुराएर बिक्री वितरण हुने गरेको छ । तस्करहरुले बन कर्मचारी र प्रहरी प्रशासनको मिलेमतोमा भारततर्फ पनि काठ तस्करी गर्ने गरेको नरैनापुरका स्थानीयहरु बताउँछन् ।

२६ थान अवैध काठ बरामद
बाँके नरैनापुर गाउँपालिकाबाट नेपालगन्जतर्फ लैजाँदै गरेको २६ थान अवैध सालको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ । नरैनापुर वडा नं।४ देखि गहुँ लोड गरिएको भे।१ त।६८०६ ट्याक्टरभित्र लुकाई नेपालगन्जतर्फ लैजाने क्रममा २६ थान सालको चिरान ९फ्रेम० सहित ट्याक्टरसमेत सशस्त्र प्रहरी बल गङ्गापुरले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाका अनुसार विशेष सूचनाको आधारमा खानतलाशी गर्दा नरैनापुर ४ बस्ने छोट्टन खाँको गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाई छिपाई नेपालगन्जतर्फ लैजाने क्रममा अवैध काठ नरैनापुर वडा नं.६ जमुनीबाट बरामद गरिएको हो ।

उनले अवैध काठ ओसारपसार भइरहेको भन्ने सूचना आएपछि गरिएको खातलासीबाट काठ र ट्याक्टर नियन्त्रणमा लिइएको बताए । डिएसपी थापाले आवश्यक कारवाहीका लागि सो काठ र ट्याक्टरलाई डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको जानकारी दिए । नरैनापुर क्षेत्रबाट भइरहेको काठ तस्करीबारे विशेष रुपमा अनुसन्धान गरिरहेको पनि सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेले जनाएको छ ।

साभार सत्यपाटी

Nabintech