१६ चैत्र २०८०, शुक्रबार
मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष सुब्बा लाई बाँकेमा स्वागत 


मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेले बिहीवार स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा लगायत केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले र कर्णाली तथा सुदूर पश्चिम संयोजक विद्या तिमल्सेना लगायतको टोली लाई बाँके जिल्लामा स्वागत कार्यक्रम गरेको छ । संस्था स्थापना भएपछि अध्यक्ष सुब्बा लगायतको टोली पहिलो पटक बाँके आएको र उहाँहरु लाई स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको बाँके संयोजक उर्मिला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाले गरेका र आगामी दिनमा गर्ने कार्यक्रमहरूका बारेमा समेत अन्तरक्रिया गरिएको छ । स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष सुब्बाले महिलाहरूको नेतृत्व क्षमता विकास गर्दै नीति निर्माण तहमा पुर्याउनु पर्ने बताउनु भयो । उहाँले नीति निर्माणका तहमा महिलाको सहभागिता बढे महिला हिंसाका घटनाहरूमा कमी आउने विश्वास व्यक्त गर्नु भयो ।

संस्थाले हिम्सामा परेका महिला तथा बाल बालिकाका न्यायका लागी निरन्तर आवाज उठाउँदै आएको शुव्वाको भनाई छ । स्थापना भएको छोटो समयमा संस्थाले उदाहरणीय काम गरेको सुब्बाले बताउनु भयो । झापा बाट सुरु भई देशका ५६ स्थानमा शाखा स्थापना भई सकेको सुब्बाको भनाई छ । महिला हिम्सका घटनाहरू बाहिर नआउने गरेको भन्दै सुब्बाले न्यायका लागी लडिदिने सशक्त संस्थाका रुपमा मेची महाकाली बुहारी संयुक्त आवाज संस्था बन्नु पर्ने बनाउनु भयो ।

कार्यक्रममा संस्थाकी केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्लेले आगामी दिनमा आवाज बिहिनहरुको आवाज बोल्ने संस्थाका रुपमा ७७ वटा जिल्ला र पालिका तह सम्म मेची महाकाली बुहारी संयुक्त आवाजको संञ्जाल निर्माण गनु पर्ने धारणा राख्नु भयो । उपाध्यक्ष काफ्लेले मुगुका आगलागी पिडीतहरुका लागी सहयोग सामग्री लिएर जान लागेको समेत जानकारी दिनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना , बसन्ती अधिकारी , मेचि महाकाली बुहारी संयुक्त आवाज कर्णाली तथा सुदूरपश्चिम संयोजक विद्या तिमल्सेना लगायतले महिला हिम्सा विरोधी अभियान लाई थप सशक्त बनाउनु पर्ने बताउनु भएको थियो

कार्यक्रममा बोल्दै मेच महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्काले मेची महाकाली बुहारी संयुक्त आवाज लाई शसक्त रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाँले महिला हिम्सा नियन्त्रण , आय तथा सीप मूलक कार्यक्रम लाई एक साथ अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो । खड्काले आफूहरू खाजा खर्चको रकम कटाएर हिम्सा पीडितहरू लाई मलम लगाउन लागी परेको बताउनु भयो ।

Nabintech